गोरखामा प्रहरी दिवश मनाईयो

0

मोहसिन अलि मियाँ
गोरखा । गोरखामा प्रहरी दिवश मनाइएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा ६३ औं दिवश मनाइएको हो । एसपी बिमल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको प्रमुख आतिथ्यता तथा जिल्ला न्यायधिश वसन्तराज पौडेलको बिशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्लाका बिभिन्न चौकीहरुमा रहि उत्कृट कार्यसम्पादन गर्ने प्रहरी, कर्मचारी र प्रहरीको काममा सहयोग पु¥याएको भन्दै बिभिन्न क्षेत्रका ब्यक्तिलाई कार्यालयले सम्मान गरेको छ । सम्मानित हुनेमा प्रहरी निरिक्षक झविन्द्र प्रसाद भट्टराई, रोशनराज पाण्डेय, प्रहरी जवान सुरज बसेल रहेका छन् । त्यस्तै भदौ २३ गते चुमनुब्री गाउँपालिका ३ मा १० केजी अवैद्य सुन सहित २ जनालाई पक्राउ गर्ने फिलिम प्रहरी चौकीका प्रहरी नायव निरिक्षक तुल बहादुर सेनलाई कदरपत्रले सम्मान गरिएको छ ।


त्यस्तै पूर्व प्रहरीहरु नारायणभक्त अर्याल र दुर्गा भक्त श्रेष्ठलाई समेत कार्यालयले दोसल्ला ओढाएर सम्मान गरेको छ । त्यस्तै दिवशकै अवसरमा जिल्लामा प्रहरीका बिभिन्न गतिबिधिमा सहयोग पु¥याएको भन्दै सित्तल काजी मास्के, शरण श्रेष्ठ, सुरेन्द्र कुवँर, किरण श्रेष्ठ, बसन्त श्रेष्ठ, हरि श्रेष्ठ, अच्युतलाल श्रेष्ठ, चन्दन बाबु खत्री, बाबुराम श्रेष्ठ र तिलक घिमिरेलाई सम्मान गरिएको एसपी बस्नेतले जनाएका छन् । कार्यक्रममा अमर प्रहरीका परिवारलाई समेत दोसल्ला ओढाई सम्मान गरिएको थियो ।


त्यस्तै दिवशकै अवसरमा कार्यालयमा भएको ब्याडमिण्टन, टेबलटेनिस प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने प्रहरी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा प्रजिअ नारायण प्रसाद भट्टराई, जिल्ला न्यायधिश बसन्तराज पौडेल, जिल्ला समन्वय समितीकी उपप्रमुख जानुका अधिकारी, गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, पालुंटार नगरपालिकाका उपप्रमुख पम्फा बसेलले बोलेका थिए । त्यस्तै कार्यक्रममा पूर्व प्रहरी संगठनका जिल्ला अध्यक्ष नारायण भक्त अर्याल, मानवअधिकार संगठनका दिल बहादुर बस्नेत, सामुदायिक सेवा केन्द्रका अध्यक्ष अच्युतलाल श्रेष्ठ, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष जीवनज्योती श्रेष्ठ, गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठ, पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा, मानवअधिकार सञ्जालका अध्यक्ष विश्वनाथ वाग्ले लगायतले बोलेका थिए ।

Share.

Leave A Reply