गोरखा प्रहरी प्रदेश कै उत्कृष्ट

0

मोहसिन अलि मियाँ
गोरखा ।
गोरखा प्रहरी गण्डकी प्रदेश मै उत्कृष्ट भएको छ । ६३ औं प्रहरी दिवशका अवसरमा प्रदेश प्रहरी कार्यालय पोखराले गोरखा प्रहरीलाई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान गर्ने भएको हो ।

जिल्लामा पछिल्लो समय अवैद्य १० केजी सुन, १ केजी चाँदी बरामद गरेको लगायत अन्य घटनामा समेत उत्कृष्ट अनुसन्धान गर्न सफल भएको भन्दै गोरखा प्रहरीलाई प्रदेशले सम्मान गर्ने भएको हो ।

दिवशका अवसरमा गोरखाका एसपी बिमल बस्नेतलाई प्रदेश प्रहरीले नगद सहित प्रशंसापत्रले सम्मान गर्ने भएको हो ।

‘हाम्रो जिल्ला प्रदेशमै उत्कृष्ट बनेको खबर प्रदेशले पठाएको छ, जिल्लामा पनि दिवशको कार्यक्रम भएकाले सम्मान लिन पोखरा जान पाइएन’ एसपी बस्नेतले भने ‘हामीले निस्वार्थ भावमा गरेको कामलाई प्रदेश प्रहरी कार्यालयले मुल्यांकन गरेर सम्मान गरेको छ ।’

Share.

Leave A Reply