हाकिमले बैठकमै कुटे कर्मचारी

0

मोहसिन अलि मियाँ
गोरखा । कारितास नेपाल नामक गैरसरकारी संस्थाका जिल्ला प्रमुख दुर्गा लामाले आफ्नै कर्मचारीमाथी हातपात गरेको आरोप लागेको छ । लामाले कारितासमै कार्यरत जिविकोपार्जन अधिकृत राम घिमिरेलाई बैठकमा हातपात गरेको खुलेको हो । आफ्नो निर्देशन नमानेको र आफुलाई गलत आरोप लगाएका भन्दै लामाले गत सोमबार गोरखा सदरमुकामको रोहटेपानी स्थित कार्यालयमा भइरहेको बैठकमै घिमिरेलाई हातपात गरेको स्रोतले बताएको छ ।
‘अफिसको इन्टरनल बैठक भइरहेको थियो, बैठकमै दुर्गा सर र राम सरको भनाभन भयो, आरोपप्रत्यारोप भएपछि दुर्गा सरले राम सरलाई थप्पड हान्नुभयो’ स्रोतले भन्यो ‘अरुले नछेकेको भए त ठूलै घटना नि हुन सक्थ्यो, धन्न अरु सरहरुले दुवैलाई रोक्नुभयो ।’

लामा र घिमिरेबिच केहि समययता कर्मचारी ब्यवस्थापन र कार्यक्रम संचालनका बिषयमा मतभेद हुदै आएको स्रोतको भनाई छ । कार्यालयको बैठकमै जिल्ला प्रमुख लामाले घिमिरेलाई हातपात गरेसंगै सोही दिनबाट दुवै बिदामा बसेका छन् । लामा चितवन गएको तर घिमिरे भने त्यसपछि कार्यालयको सम्पर्कमा नआएको स्रोतले बताएको छ ।

यस विषयमा समाचार संकलनका लागि प्रमुख लामालाई बारम्बार टेलिफोन गर्दा उनको फोन उठ्न सकेन । त्यस्तै घिमिरेले भने आफुले यस बिषयमा अहिल्यै कुनै प्रतिकृया नदिने बताएका छन् । कारितासले भुकम्पपछि गोरखा नगरपालिकामा बिभिन्न परियोजना संचालन गर्दै आएको छ ।

Share.

Leave A Reply