गोरखा दरबारमा जमरा राखियो

0

मोहसिन अलि मियाँ
गोरखा । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखिएको छ । विधिवत रुपमा बिहान ७ः१५ बजे जमरा राखिएको हो । परम्परा अनुसार गोरखा दरबारको कालीका मन्दिर र गोरखनाथ गुफामा जमरा राख्न प्रचलन छ । तान्त्रिक बिधी अनुसार कालिका मन्दिरको जमरा कोठमा ४ पाथी र गोरखनाथ गुफामा १ पाथी जौको जमरा राखिएको दरबार हेरचाह अड्डाका रामेश्वर कट्टेलले बताएका छन् ।

गोरखकाली मन्दिरमा जमरा राख्नु अघि देवीको सवारी चलाउने परम्परा अनुसार बिहान ५ः३९ मिनेटमा देवीको सवारी चलाइएको थियो । स्थानिय पराम्परा अनुसार भुतभुते उज्यालोमा देवीको सवारी गरिने चलन छ । विगतमा गोरखा दरबारको उपल्लो भागमा रहेको कैलाश भवनबाट काली भवगतीलाई गोरखकाली मन्दिरको गर्भ गृहमा सवारी चलाउने परम्परा भए पनि यस पटक भने भूकम्पले क्षति पु¥याएको र दरबारको जिर्णोद्वार सुरु गरीएकोले कालीका मन्दिरको माथिल्लो भागबाट गर्भ गृहमा सवारी चलाइएको अड्डाका कट्टेलले बताएका छन् । दरबार पुनःनिर्माणको काम चलिरहेकाले यस बर्ष जमरा राख्न स्थानको अभाव भएको कट्टेलले बताएका छन् ।

हर्ष बढाईका साथ काली भगवतीलाई गर्भ गृहमा प्रवेश गराउदा नेपाली सेनाका प्रधानसेनापति पुर्ण चन्द्र थापाको बिशेष उपस्थिती रहेको थियो । त्यस्तै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई र एसपी बिमल बस्नेतको समेत उपस्थिती रहेको थियो ।
गोरखा दरबारमा बुधबारबाटै बिशेष पूजा र बलि दिने कार्य सुरु भएको छ । जमरा राखेकै दिनदेखि षष्टी सम्म भगवतीको नाममा दैनिक १÷१ वटा बोकाको बली दिने र सप्तमी देखी भने को संख्या बढ्ने प्रचलन छ ।

दरबार हेरचाह अड्डाका सूचना अधिकारी कट्टेलका अनुसार बडा दशैंको छौठौ दिन ३२ बोका, १२ भेडा, ५ संगुर र १५ रागाँको बली दिइने चलन छ । त्यस्तै गरी सातौ दिनमा ४ वटा बोका र आठौ दिनमा ५ रागाँ, ६ भेडा र ८ बोकाको बली दिने चलन रहेको उनले बताए । बली दिने क्रम दशमी सम्म चल्ने गर्दछ । नवमी का दिनमा १ सतार सहित ६ रागाँ र ८ बोकाको बली भगवतीको नाममा दिइन्छ । त्यसै गरी दशमीको दिनमा भने १ बोका बलि दिने गरेको कट्टेलले बताए । यस बर्षदेखि दरबार हेरचाह अड्डा गण्डकी प्रदेश अन्तरगत रहेको र समयमै बजेट निकासा नहुदा अन्यौलता बढेको थियो ।

त्यस्तै गोरखाकै मनकामना पनि परम्परा अनुसार विधिवत रुपमा जमरा राखिएको छ । मनकामना मन्दिरमा भने मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको बताइएको छ ।

Share.

Leave A Reply