द ओसन क्लबले दियो खेलाडीलाई पोषाक

0

हाम्रो गोर्खा
गोरखा । द ओसन क्लबले ५० जना खेलाडीलाई पोषाक बितरण गरेको छ । गोरखा नगरपालिका ९ दलभञ्ज्याङ्गमा रहेको क्लबले वडा कार्यालयको आर्थिक सहयोगमा विगत एक महिना अघिदेखि संचालन गरेको फुटबल प्रशिक्षणको समापन कार्यक्रममा खेलाडीलाई प्रशिक्षण ड्रेस वितरण गरेको हो । क्लबका अध्यक्ष अमित खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो । वडाले खेलाडी प्रशिक्षणका लागि १ लाख ५० हजार र नगरपालिकाले क्लबको खेलकुद मैदान स्तरोन्नती गर्नका लागि यस बर्ष ५ लाख छुट्याएको जनाएको छ ।


कार्यक्रममा गोरखा जिल्ला फुटबल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, गोरखा जेसिजका अध्यक्ष उमेश गुरुङ्ग, क्लबका सल्लाहकार शिव केसी लगायतले बोलेका थिए । कार्यक्रममा दशै, तिहार छठ लगायतका पर्वको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

Share.

Leave A Reply