फिनाममा वडा स्तरिय फुटबल प्रतियोगिता सुरु

0

मोहसिन अलि मियाँ
गोरखा । गोरखा नगरपालिका ४ फिनाममा अन्तर टोल फुटबल प्रतियोगिता सुरु भएको छ । वडा कार्यालयको आयोजनामा भएको प्रतियोगिताको एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले उद्घाटन गरेका छन् । ११ टिम सहभागी प्रतियोगिताको उद्घाटन कार्यक्रममा वडाध्यक्ष खोपबहादुर अधिकारीको अध्यक्षता रहेको थियो । वडाभित्र रहेको खेलाडीको क्षमता प्रस्फुटन गराउने र आगामी दिनमा जिल्ला, प्रदेश र राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको वडाध्यक्ष अधिकारीले भनाई छ ।


त्यस्तै कार्यक्रममा बोल्दै नगरप्रमुख पन्तले खेलकुद विकासलाई आफुले प्राथमिकताका साथ अघि बढाएको बताएका छन् । खेलकुद क्षेत्रमा नगरलाई अब्बल बनाउनका लागि यसैबर्षदेखि बिभिन्न कार्यक्रमको थालनी समेत गरेको उनको भनाई छ । यसैबर्ष गोरखा नगरपालिकाले गण्डकी प्रदेशभित्रका नगरपालिका स्तरीय फुटबल प्रतियोगिता आयोजनाको तयारी भइरहेको समेत बताएका छन् ।


कार्यक्रममा नगरपालिकाकी प्रमुख प्रशासकिय अधिकृत कृष्ण कुमारी श्रेष्ठ, नयाँ शक्तिका दिनेश तमु, वडासदस्य जमिल मियाँ लगायतले बोलेका थिए । वडामा पहिलो पटक आयोजना गरिएको नकआउट फुटबल प्रतियोगिता ३ दिनसम्म चल्ने आयोजकले बताएको छ । प्रतियोगितामा प्रथम हृुनेलाई नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र, द्धितिय हुनेलाई १५ हजार सहित मेडल र प्रमाणपत्र र तेस्रो हुने टिमलाई १० हजार र मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडाध्यक्ष अधिकारीले बताएका छन् ।


पहिलो दिन मंगलबार दुई खेल सम्पन्न भएका छन् । पहिलो खेलमा पन्थेस्वारा टोल विकास संस्थालाई हराउदै पुतली बगैचा टोल विकास संस्थाले जितको सुरुवात गरेको छ भने दोस्रो खेलमा बानियाँ गाउँ बिजयी बनेको छ । उसले गरापानीलाई हराएको थियो ।

Share.

Leave A Reply