बुंकोटको राम्चे प्राविलाई डिजिटल प्रविधिको फिल्टर

0

मोहसिन अलि मियाँ
गोरखा । शहिद लखन गाउँपालिका वडा नम्बर ८ मा रहेको राम्चे प्राविलाई डिजिटल प्रविधिको फिल्टर हस्तान्तरण गरिएको छ । विद्यालयमा रहेको खानेपानी समस्यालाई हटाउनका लागि वडा कार्यालयको समन्वयमा गोर्खा लर्निङ्ग फर लाइफ नामक संस्थाले फिल्टर सहयोग गरेको हो । विद्यार्थीलाई स्वच्छ खानेपानीको ब्यवस्था गर्नका लागि डिजिटल फिल्टर विद्यालयलाई प्रदान गरिएको वडाध्यक्ष काशीनाथ अम्गाईले जानकारी दिएका छन् ।

एक सय भन्दा बढि विद्यार्थी अध्ययरत सो विद्यालयमा हालसम्म खानेपानीको ब्यवस्था नहुँदा समस्या हुदै आएको थियो । करिब ६० हजार मुल्य बराबरको सो फिल्टर हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष अम्गाई, संस्थाका उपाध्यक्ष ध्रुव अधिकारी, विद्यालयका प्रधानाध्यापक ओम प्रकाश श्रेष्ठ लगायतले बोलेका थिए ।
त्यस्तै भूकम्पले भत्काएको सो विद्यालयमा केहि समय अघि रोटरी क्लब अफ गोरखाको सहयोगमा ५ कोठा र स्थानीय युवाहरुको सकृयतामा ३ कोठा गरी ८ कोठे भवन निर्माण भइसकेको वडाध्यक्ष अम्गाईको भनाई छ । तर विद्यालयमा अन्य शैक्षिक सामाग्रीको अभाव यथावत रहेकाले समस्या भएको प्रअ श्रेष्ठले बताएका छन् ।

यता वडाध्यक्ष अम्गाईका अनुसार विद्यालयको शैक्षिक सुधारका लागि आफु योजना सहित अघि बढेको र सहयोग र समन्वयका लागि बिभिन्न संघसंस्थासंग छलफल भइरहेको बताएका छन् ।

Share.

Leave A Reply