स्वर्गीय गोरर्खाली सम्झनाका गितिसंग्रह सार्वजानिक

0

हाम्रो गोर्खा
गोरखा । लोक दोहोरी गायक एवं सञ्चारकर्मी बिजय गोरर्खालीको सम्झंनामा गितिसंग्रह सार्वजानिक भएको छ । विजय गोरर्खालीको अन्तिम चिनो पार्वती गोरर्खालीको प्रस्तुती जुनी गयो मेरो नाम एम्बम नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिमोचन गरेका हुन ।

दशै सस्तो बजार एवं सडक मेलाको अबसरमा आयोजित कार्यक्रमका विच उक्त एल्बम सार्वजानिक गरिएको उनकी श्रीमती पार्वती गोरर्खालीले जानकारी दिइन् । राजु परियार, शान्ती श्री परियार र पार्वती गोरर्खाली स्वरमा रहेको उक्त गितको थेगो र लय भने स्वर्गीय गोरर्खाली नै संकलन गरेका थिए । २०७१ अशोज १२ गते ३० वर्षको अल्पायुमै गोरर्खालीको राती सुतिरहेको अबस्थामा निधन भएको थियो ।

सुमधुर स्वरका धनी गोरर्खालीले ‘हावा हुरी छ’ र ‘बरु जोगी बनेर हिन्थे सानु म त’ गरी २ वटा एम्बम समेत स्रोता दर्शम माझ ल्याएका थिए । उनी स्थापनाकाल देखि नै रेडियो गोरखामा कार्यरत सञ्चारकर्मी समेत हुन् ।

Share.

Leave A Reply