पार्टी संगठन चलायमान बनाउने नेकपा गोरखाको निर्णय

0

मोहसिन अलि मियाँ
गोरखा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्लाको पार्टी संगठनलाई चलायमान बनाउने निर्णय गरेको छ । आइतबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै नेकपाका जिल्ला संयन्त्र सदस्य कृष्ण धितालले पार्टी हालसम्म देखिएका अन्यौलता चिर्दै नेकपालाई तल्लो तह सम्म लैजाने निर्णय भएको बताए । ‘हामीले अहिलेसम्म दुइवटा पार्टीको कार्यालयबाटै काम गरिरहेका थियौ, यसले कार्यकर्तामा अन्यौलता भयो, कार्य सम्पदान पनि समस्या भयो’ पूर्व माओवादीका जिल्ला इन्चार्ज समेत रहेका धितालले भने ‘अब नेकपाको पार्टी कार्यालय पाटेचौरमा रहेको तत्कालिन माओवादीको जिल्ला भवनबाट संचालन हुन्छ ।’

गोरखा नगरपालिका वडा नम्बर ६ को पाटेचौरमा रहेको भवनबाट जिल्ला पार्टी संचालन हुने र वडा नम्बर ८ को पूर्व एमालेको जिल्ला भवनबाट नेकपाको नगर समिति र जनवर्गिय संस्थाहरुको कार्यालय संचालन गर्ने धितालले बताएका छन् ।


त्यस्तै नेकपाको जिल्ला संयन्त्रले पार्टी सरचनालाई सक्रिय बनाउने समेत निर्णय गरेको छ । प्रदेश इन्र्चाज, सहइन्चार्ज सहित जिल्ला कार्यदलको बैठकले आगामी दशै अगाडी गोरखाका सबै स्थानीय तहमा शुभकामना आदानप्रदान कार्यक्रम गर्नुका साथै पार्टी एकताको सन्देश दिन लागिएको संयन्त्रका अर्का सदस्य प्रेम गुरुङ्गले बताएका छन् ।

‘एकता भएको लामो समय बितिसकेको छ, अब पार्टीको जिल्ला देखि गाउँतहका सबै संरचनालाई सकृय बनाउदैछौ’ पूर्व एमालेका जिल्ला अध्यक्ष समेत रहेका गुरुङ्गले भने ‘पार्टीको एकता प्रकृयालाई कार्तिक मसान्तसम्ममा गाउँतह र जनवर्गिय संघसंगठनसम्म सबै टुंग्याउछौ ।’

नेकपाको जिल्ला संयन्त्रको बैठकले तल्लो स्तर सम्म दुई फरक संगठन रहेकाले दुवैको आर्थिक हिसाब एकिकृत गर्ने, सम्पत्तीहरु संकलन गर्ने लगायतका कामलाई पनि तिब्रता दिने निर्णय भएको जनाएको छ । सोही अनुरुप जिल्लाका ११ वटै स्थानीय तहमा पार्टी संयन्त्र निर्माण गरिएको छ ।

दुईपार्टीका प्रतिनिधि रहने गरी नगरपालिकाहरुमा ४/४ र गाउँपालिका ३/३ सदस्य रहेको संयन्त्र निर्माण गरिएको छ । दुई पार्टीका ५/५ सदस्य रहेको जिल्ला कार्यदल भने यस अघि नै निर्माण भइरहेको छ । जिल्ला संयन्त्रमा तत्कालिन माओवादीबाट कृष्ण धिताल, परशुराम रम्तेल, लोक प्रसाद बञ्जरा, शुसिला सिंखडा र जगन्नाथ खनाल रहेका छन् ।

त्यस्तै एमालेबाट रामशरण बस्नेत, प्रेम गुरुङ्ग, यादव बस्नेत, बुद्धि दवाडी र कृष्ण नेपाली सदस्य रहेको संयन्त्र बनेको थियो । हालसम्म नेकपा गोरखाको नेतृत्व आलोपालो रुपमा संचालन संचालन भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । केन्द्रमा पार्टी एकता भएको लामो समय भएपनि जिल्ला पार्टी एकताले पुर्णता पाउन सकेको छैन ।

Share.

Leave A Reply