आर्थिक विकासका लागि बुढिगण्डकी आयोजना अपरिहार्य ः प्रचण्ड

0

मोहसिन अलि मियाँ
गोरखा । देशको आर्थिक विकासका लागि बुढिगण्डकी जलविद्युत आयोजना सम्पन्न गर्नु अनिवार्य रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । गोरखा चेम्बर अफ कमर्सले शनिबारबाट गोरखामा आयोजना गरेको दशै सस्तो बजार तथा सडक महोत्सवको उद्घाटन गर्दै प्रचण्डले संबृद्धी र आर्थिक विकासका लागि आयोजनालाई कुनै हालतमा सम्पन्न गर्नुपर्ने बताएका हुन । त्यस्तै उनले देश नयाँ अध्यायमा प्रवेश गरेकाले सार्वजानिक–निजी क्षेत्रको सहकार्य आजको अवस्यकता रहेको बताएका छन् । ‘देश नयाँ अध्यायमा प्रवेश गरिसकेको छ, अब सरकार र निजी क्षेत्रको साझेदारी र हातेमालो जरुरी छ’ उनले भने ‘देश बनाउने जिम्मेवारी सबैको काँधमा छ, यसलाई पूरा गर्नुपर्छ ।’

देशमा रोजगारी र उत्पादन श्रृजना गर्न आवस्यक रहेको बताउदै प्रचण्डले अहिलेको अवसरलाई गुमाउन नहुनेमा जोड दिएका छन् । ‘हामीलाई विकास र संबृद्धि चाहिएको छ, यसमा कसैको दुई मत छैन, अब विकास गर्ने अवसर मिलेको छ, यसलाई गुमाउनु हुदैन’ उनले थपे ‘सरकार र निजी क्षेत्रको सम्बन्धलाई गुणात्मक रुपमा विकास गर्दै साझेदारी बढाउनु पर्छ ।’

शनिबार नै गोरखामा कार्यकर्ता प्रशिक्षण कार्यकक्रममा बोल्दै आफुभित्रको गुट उपगुट त्याग्न आह्वान समेत गरेका छन् । प्रचण्डले भनेका छन् ‘हामीले राजनितीक हिसाबमा असाधारण काम गरेका छौ, अहिले सबैको हामीमाथी छ’ उनले भने ‘अब काम गरेर देखाउने बेला आएको छ, गुट र स्वार्थ त्याग्ने बेला भयो, यसले कसैलाई फाइदा गर्दैन ।’

बाम एकता प्रति जनताको ठूलो बिश्वास रहेको भन्दै प्रचण्डले यसलाई अवसरका रुपमा लिनुपर्ने बताएका छन् । पछिल्लो समय संसारभरका प्रतिकृयावादीहरुको टाउको दुखाईको बिषय बाम एकता बनेको भन्दै उनले काम गर्न नदिने खेल सुरु भइसकेकाले सजग रहन कार्यकर्तालाई आह्वान समेत गरेका छन् । ‘अहिले सबैको टाउको दुखाई हामी र हाम्रो एकता बनेको छ, प्रतिकृयावादीको आँखा हामीमाथी परेको छ, सबै सजग रहनुहोला, काम गर्न नदिने खेल सुरु भइसकेको संकेत हामीले पाएका छौ ।’

देश संबृद्धिको महाअभियानमा प्रवेश गरेको बताउदै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनताको अवस्यकता अनुसार काम गर्नुपर्ने बताएका छन् । प्रतिकृयावादीलाई फाइदा हुने गरी काम नगर्न पनि कार्यकर्तालाई उनले निर्देशन दिएका छन् । त्यस्तै उनले पार्टी एकतापछि तल्लो तहसम्म पनि नेतृत्वलाई विवादरहित रुपमा टुंग्याउन आह्वान गरेका छन् । केन्द्रमा नेतृत्वको बिषयमा कुनै विवाद नरहेको बताउदै उनले पार्टीभित्र गुट र उपगुटको खेलमा नलाग्न समेत सबैलाई निर्देशन दिएका छन् ।

Share.

Leave A Reply