सुरु भयो गोरखा सदरमुकाममा दशै सस्तो बजार मेला (हेर्नुस १० फोटो)

0

मोहसिन अलि मियाँ
गोरखा । गोरखा सदरमुकाममा दशै सस्तो बजार तथा सडक मेला सुरु भएको छ । गोरखा चेम्बर अफ कमर्सको आयोजनामा मेला सुरु भएको हो । मेलाको शनिबार पूर्वप्रधानमन्त्री एवम नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका छन् ।
मेला आज २० गतेदेखि ३० गतेसम्म चल्ने आयोजकले बताएको छ । दशै तिहार र छठ पर्वलाई मध्यनजर गर्दै सस्तो बजार र सडक मेलाको आयोजना गरिएको हो ।


खेलकुद मैदानमा संचालन गरिएको मेलामा १ सय ३० वटा स्टल रहेको मध्ये सय वटा व्यापारिक प्रयोजनका स्टल राखिएको छ । अन्यमा कृषि, पशु, स्थानीय स्तरमा उत्पादित सामानहरुको राखिएको आयोजकले जनाएको छ ।
१० दिन सम्म चल्ने मेलामा ४० हजार देखि ६० हजार सम्म दर्शकले अबलोकन गर्ने र ६ करोडको कारोबार हुने आयोजकको दाबी छ । दशैलाई लक्षित गरी खसी बोका बिक्रि, उत्तरी गोरखाको आलु, भिर मौरीको मह, दुधका विभिन्न परिकारहरु, केराका विभिन्न परिकारहरु, विभिन्न जातजातीका पहिचान झल्कने खानाका परिकारहरु मेला स्थलमा रहेका स्टलहरुमा उपलब्ध छन् ।

Share.

Leave A Reply