सौरपानीका ७८ घरलाई सम्पन्नताको प्रमाणपत्र

0

हाम्रो गोर्खा
गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले घर पुनःनिर्माण सम्पन्न गरेका घरपरिवारलाई प्रमाणपत्र वितरण गरेको छ । सौरपानीको हिमालय मा. बि को प्रांगढमा भएको कार्यक्रममा प्रतिनिधीसभा सांसद चुडामणि खड्का को प्रमुख आथित्यता रहेको थियो ।
बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भट्टको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य हरेराम पराजुलीको समते उपस्थिती रहेको थियो ।

१ हजार ७ सय ३ लाभग्राही रहेको सौरपानीमा बुधबार ७८ घरधुरीलाई सम्पन्नताको प्रमाणपत्र वितरण गरिएको गाउँपालिका अध्यक्ष भट्टले बताएका छन् । तर यहाँ ९ सय ५३ घर पुननिर्माण भइसकेका छन् । कार्यक्रममा बोल्दै सांसद खड्काले जनताको आवस्यकता अनुसार आफुले काम गर्ने बताएका छन् ।
कार्यक्रममा गाउँपालिका उपप्रमुख सन माया गुरुङ्ग, वडाअध्यक्ष भिम बहादुर गुरुङ्ग, नेपाली काँग्रेसका केसरी ढकाल, नेकपाका मोहन ढकाल, जाइकाका प्रतिनिधी भुपेन्द्र बहादुर बस्नेत लगायतले बोलेका थिए ।

तस्विर सौजन्य ः मिलन ढकाल/सुलभ अम्गाई

Share.

Leave A Reply