विवादमा गण्डकी प्रदेशको लोगो, कपि गरेको भन्दै उजुरी

0

प्रदेशको लोगो तथा पोशाक सिफारिस समितिले कार्यव्यवस्था परामर्श समितिका बुझाएको गण्डकी प्रदेशको लोगोमाथि कपिराईटको उजुरी परेको छ। भदौ ३० गते प्रदेशसभा सदस्य मायानाथ अधिकारीको संयोजकत्वमा मणिभद्र शर्मा, गायत्री गुरुङ, कृष्ण थापा, हरिशरण आचार्य सहभागी बैठकले गोरखाका विनित रानामगरको लोगो कार्यव्यवस्था परामर्श समितिमा पेश गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

उक्त बैठकमा सभामुख नेत्रनाथ अधिकारी, आन्तरिका मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, उपपसभामुख सिर्जना शर्मा, प्रदेशसभा सदस्यहरु कृष्ण बहादुर थापा र कुमार खड्का समेत सहभागी थिए।

गण्डकी प्रदेशले समग्र पहिचान झल्किने प्रदेश चिह्न (लोगो) भने असोज १५ गते मात्र सार्वजनिक भएको थियो। लोगो सार्वजनिक भएको २ दिनपछि अर्का प्रतिष्पर्धी पोखरा १७ का महेन्द्र उपाध्यायले प्रदेशसभा सचिवालयमा आफ्नो लोगो हुबहु भएको उजुरी दर्ता गराएका हुन्।

उजुरीकर्ता महेन्द्र उपाध्यायले प्रदेशसभामा पठाएको लोगो

Share.

Leave A Reply