मनास्लुबाट एक विदेशी नागरिक बेपत्ता, ४ जना सम्पर्कमा

0

हाम्रो गोर्खा
गोरखा । गोरखाको उत्तरी क्षेत्र मनास्लु हिमाल क्षेत्रबाट एक विदेशी नागरिक बेपत्ता भएका छन् । चुमनुब्री गाउँपालिका १ सामागाउँ क्षत्रेबाट चेक रिपब्लिकका ४३ बर्षिया नागरिक रोमन ह्लाब्को हराएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गत शनिबार मनासलु हिमाल आरोहण गर्न माउण्टे«क्सन नेपाल संस्थाबाट ४ चेक रिपब्लिककी नागरिक र एक नेपाली यस क्षेत्रमा आएका थिए ।

हिमालको सफल आरोहण पश्चात फर्कने क्रममा पहिलो बेस क्याम्पमा नेपाली सहित ४ जना सम्पर्कमा आएका थिए । तर रोमन भने हालसम्म पनि सम्पर्कमा नआएको उनका निजि गाइड भिमलाल तामाङ्गलाई उद्धत गर्दै प्रहरी नायव निरिक्षक रोशन थापाले जनाएका छन् । हाल उनको खोजी भइरहेको थापाले भनाई छ ।

Share.

Leave A Reply