चीन भ्रमण सकेर मुख्यमन्त्री गुरुङ्ग स्वदेश फिर्ता

0

हाम्रो गोर्खा
गोरखा । सातादिने चीन भ्रमणमा गएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पोखरा फर्किएका छन् । चीनको हाईनान प्रान्तका गभर्नरको औपचारिक निम्तो मान्न मुख्यमन्त्रीको टोली असोज ९ गते त्यसतर्फ गएको थियो ।सोमबार नेपाल फर्किएका उनी मंगलबार पोखरा आईपुगेका हुन् ।

पोखरा विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले चीन भ्रमणबाट देखिने गरी कुनैपनि आर्थिक सहायता नल्याएको बताएका छन् । विशेषगरी गण्डकी प्रदेश र हाईनान प्रदेश तथा पोखरा महानगर र हाईकावो नगर बीच भगिनी सम्बन्ध स्थापित गर्ने बिषयमा सहमति भएको उनले बताए । यसबाहेक टेक्निकल ईन्स्टिच्युट स्थापना र नेपाली विद्यार्थीहरुलाई छात्रबृत्तिमा त्यहाँका कलेज तथा विश्वाविद्यालयमा पढाउने सहमति पनि भएको तर औपचारिक सम्झौता भने पोखरामा नै हुनेछ ।

त्यसका लागि नोभेम्वर १० र ११ तारिखमा हाईनानका गभर्नर सहितको टोलि पोखरा आउनेछ ।हाईनानका निजी क्षेत्र र अन्य सरकारी निकायबीच पनि परस्पर सम्बन्ध स्थापित गर्ने गरी छलफल भएको उनले बताए । विशेषगरी अर्गा्निक खेती, नेपालको पर्यटन, उर्जा, औषधी कारखानामा उनीहरु लगानीका लागि ईच्छुक देखिएका मुख्यमन्त्री गुरुङले बताए । उनले नेपाल संघीय संरचनामा गएको बिषय समेत चीनमा जानकारी नभएको बताए ।

Share.

Leave A Reply