अविनाशको सम्झनामा शहिद लखनमा भलिवल प्रतियोगिता हुने

0

मोहसिन अलि मियाँ
गोरखा । गोरखाको शहिद लखन गाउँपालिका ९ मा भलिबल प्रतियोगिता हुने भएको छ । साविकको नामजुङ्ग गाविसमा हुने प्रतियोगिताको अविनाश स्मृति युवा क्लबले आयोजना गर्ने भएको हो । शहिद लखन गाउँपालिकामा हालसम्मकै सर्वाधिक धनराशी पुरस्कार सहित हुने सो प्रतियोगिता आसोज २९ गतेदेखि कार्तिक १ सम्म चल्ने बताइएको छ ।

युद्धकालका बेला सहादत प्राप्त गरेका नामजुङ्गका श्रीकृष्ण लामिछाने (अविनाश) को स्मृतीमा क्लबले प्रतियोगिता गर्न लागेको अध्यक्ष हरी ढकालले बताएका छन । शनिबार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै क्लबले प्रतियोगिताका बारे जानकारी दिएको छ । ‘हामीले यो प्रतियोगिता दोस्रो पटक गर्न लागेका हौ, बिशेषत युवाहरुलाई एकतावद्ध बनाउन र खेलकुद मार्फत समुन्नत समाज निर्माण गर्ने हाम्रो परिकल्पना छ’ क्लबका अध्यक्ष ढकालले भने ‘यो प्रतियोगिता हाम्रो गाउँपालिकामै सर्वाधिक पुरस्कार राशीको हुनेछ ।’

दशैका बेला आयोजना गरिएको भलिबल प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट साँस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम समेत हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ७५ हजार ७ सय ७५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्धितिय हुनेले ५० हजार नगद, मेडल र प्रमाणपत्र, तृतिय हुने टिमलाई २५ हजार ५ सय २५ सहित मेडल, प्रमाण पत्रको ब्यवस्था गरिएको क्लबका अध्यक्ष ढकालले बताएका छन् ।

त्यस्तै प्रतियोगिताका उत्कृष्ट हुने खेलाडीलाई ५ हजार ५ सय ५५ रुपैयाको पुरस्कार दिइने क्लबले जनाएको छ । नयाँ संरचना अनुुसार बनेको गाउँपालिका अन्तरगतका युवाहरुबिच भातृत्वको विकास गर्ने, ग्रामिण खेलकुदको विकास गर्ने, युवाहरुलाई खेलक्षेत्रमा अभिप्रेरित गराउने प्रतियोगिताको मुख्य उदेश्य रहेको क्बलका सल्लाहकार रत्न प्रसाद लामिछानेले बताएका छन् । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ६ लाख रकम खर्च हुने अनुमान गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाका प्रमुख समेत रहेका क्लबका सल्लाहकार लामिछिानेको भनाई छ ।

खुल्ला प्रतियोगिता भएकाले प्रतिस्प्रर्धामा भाग लिन जिल्लाका अन्य गाउँपालिका साथै बाहिरी जिल्लाहरुबाट समेत टिम आउने र करिब २५ भन्दा बढि टिमको सहभागिता रहने आयोजकले बिश्वास लिएको छ । प्रतियोगितामा १० हजार दर्ता शुल्क तोकिएको छ ।

Share.

Leave A Reply