जुङ्गेपानी आहालेभञ्ज्याङ्ग खानेपानीको अध्यक्षमा नेपाली

0

हाम्रो गोर्खा
गोरखा । जुङ्गेपानी आहाले भञ्ज्याङ्ग खानेपानी तथा सरसफाई समितिको अध्यक्षमा कल्पना नेपाली चयन भएकी छिन् । गोरखा नगरपालिका वडा नम्बर ८ आहालेमा रहेको समितिको शनिबार सम्पन्न ९ औ साधारण सभा तथा छैटौ अधिवेशनले नेपालीको अध्यक्षतामा ११ सदस्यिय समिति चयन गरेको हो । जसको उपाध्यक्षमा प्रदिप बस्नेत, सचिवमा हरी बहादुर सारु मगर, कोषाधयक्षमा किरण श्रेष्ठ, सहसचिवमा दुर्गा बहादुर खत्री चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा जंग बहादुर बस्नेत, जित बहादुर ढकाल, पम्फा बस्नेत, लक्ष्मी थापा, पदममाया श्रेष्ठ र उषा नराल चयन भएको कोषाध्यक्ष किरण श्रेष्ठले जानकारी दिएका छन् । समितिका अध्यक्ष नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष कृष्ण बहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रानिश्वारा टोलविकास संस्थाका अध्यक्ष नारायण खत्री, रानीश्वारा सहकारीका अध्यक्ष बाबुराम थापा लगायतले मन्तब्य राखेको श्रेष्ठले बताएका छन् ।

Share.

Leave A Reply