गोरखामा गाईजात्रा रमाइलो साँझ हुने

0

हाम्रो गोर्खा
गोरखा, २२ साउन
स्वम्सेवी सस्था लियो क्लव अफ गोरखाले गाईजात्रा रमाइलो साँझ गर्ने भएको छ । कालिका सांस्किृतक कला केन्द्र गोरखा सँगको साझेदारीमा आगामी भाद्र ९ गते विभिन्न कार्यक्रम गरी गाईजात्रा मनाउन लागिएको लियो क्लव अफ गोरखाले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । ‘यो जिल्लामा रहेका अनाथ, असाहाय, विद्यार्थी तथा बालबालिकाको लागि यो कार्यक्रम गर्न लागिएको हो’ लियो क्लव अफ गोरखाका अध्यक्ष यम बहादुर बसेलले भने ।स्वम्सेवी सस्था लियोले सामाजिक उत्तरदाहित्यलाई ध्यानमा राख्दै कार्यक्रम गर्न लागेको दाबी गरेको छ ।
गाईजात्रा रमाइलो साँझ २०७५ तथा बिविध सांस्कृतिक नाम दिएको कार्यक्रममा हाँस्यकलाकार दिनेश काफ्लेको हाँस्य प्रस्तुतीसँगै राष्ट्रिय लोक तथा दोहोरी कलाकार सँगै स्थानीय कलाकारको बिशेष प्रस्तुती रहने बताइएको छ । कार्यक्रममा भेषभुषा तथा लाखे प्रद्र्धशन समेत हुने छ । कार्यक्रम संचालनका लागी करिव पाँच लाख ५० हजार लाग्ने अनुमान गरिएको छ । कार्यक्रम हेर्नका लागी रु एक सय रुपैयाको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Share.

Leave A Reply