विरूप घलेको निर्देशनमा पहिलो म्युजिक भिडियो एउटै हाम्रो सार्वजनिक (भिडियोसहित)

0
विरूप घलेको निर्देशनमा पहिलो म्युजिक भिडियो एउटै हाम्रो सार्वजनिक (भिडियोसहित)

विरूप घलेको निर्देशनमा पहिलो म्युजिक भिडियो एउटै हाम्रो सार्वजनिक (भिडियोसहित)

गुरूङ चलचित्रका अभिनेता गोरखाका विरूप घले (वीरबल) को निर्देशन रहेको पहिलो म्युजिक भिडियो एउटै हाम्रो मनमुटुू युटुब मार्फत रिलिज भएको छ । गुरूङ फिल्म बारपाकी मायाबाट चर्चामा आएको कलाकार विरूप घले कलाकारिता क्षेत्रमा निरन्तर लागि रहनको लागि म्युजिक भिडियो निर्देशनमा हात हालेको बताउँछन् । युटुब रिलिज भएको ५ घन्टामा ५ हजार भ्युअर्स क्रस गरेको प्रारम्भिक नतिजा र दर्शकहरूको प्रतिकृयाले उत्साहित भएको बताए । यद्यपि पहिलो पटक र सिक्नु पर्ने धेरै बाँकी रहेकोले केही कमी कमजोरीहरू अवश्य भएको स्विकारे । यसैगरी यो गीत डिस होम रमाईलो टिभीबाट पनि प्रसारण भईरहेको छ ।

विरूप घलेको निर्देशनमा पहिलो म्युजिक भिडियो एउटै हाम्रो सार्वजनिक (भिडियोसहित)

विरूप घलेको निर्देशनमा पहिलो म्युजिक भिडियो

कडरिया ईन्टरटैनमेन्टको प्रस्तुतीमा शब्द स्वयं विरूप घले, संगीत रमेश कडरिया र स्वर अन्जु पन्तको रहेको छ भने भिडियोमा नयाँ प्रतिभाहरू मरिना गुरूङ, आयुष गुरूङ, सुनिता श्रेष्ठका साथै विरूप घलेको समेत अभिनय रहेको छ । खेम थापा मगरको छायांकनमा मेघ थापा मगरले भिडियो सम्पादन गरेका हुन् भने पोष्ट प्रोडक्सनको कार्य चर्चित गुरूङ चलचित्रका महानायक प्रितम गुरूङको रोधी डिजिटल फिल्म्स स्टुडियोमा भएको हो ।

Share.

Leave A Reply