श्री सहिद स्मृति उच्च माध्यमिक विद्यालय

२०६८ पुस १८ गते, सोमवार ०६:३७:०५ बजे

संक्षिप्त इतिहास र वर्तमान अवस्था

वि.स. २००७ सालको प्रजातान्त्रिक आन्दोलनले देशमा शैक्षिक राजनैतिक जागरण ल्यायो । जनताको चेतना स्तर उठाउने महत्वपूर्ण अस्त्र शिक्षा हो भन्ने कुरा बिस्तारै सबैमा पर्न थाल्यो । १०४ वर्ष सम्म जहानियाँ राणाहरुको थिचोमिचोको कारण जनतामा निरक्षता एवम् राजनैतिक चेतनाको अभाव थियो भन्ने कुरा स्वयं त्यस वेलाका जागरुक युवाहरुले महशुस गरे । शिक्षाको यस महत्वलाई बुझी देशमा विभिन्न भागहरुमा विद्यालय खोल्न अभियान सुरु भयो । त्यसै अवसरमा गोरखामा पनि पोखरीथोक खरिबोट बक्राङ्ग वोहरागाउँ तान्द्राङ्ग घ्याल्चोक आदी क्षेत्रमा पाठशाला खोली पठनपाठन गर्न शुरु गरियो । बुँकोट गाउँको चेतनास्तर कमजोर आर्थिक अवस्थाका कारण अन्य गाउँको तुलनामा पाठशाला खोल्ने कार्यसंगै हुन सकेन । तर केही युवाहरु आतुर थिए जसरी पनि पाठशाला खोल्नु पर्दछ भन्ने हिम्मत गरी शिक्षासँग सरोकार खाख्नेहरु सरकारी कार्यालय धाए । यस कार्यालयमा बुंकोट क्षेत्रका वीरबहादुर थापा ईन्द्रबहादुर भण्डारी तिलु शर्मा खनाल फौदबहादुर श्रेष्ठ नन्दलाल वाग्ले पदमबहादुर थापाको पहलमा २०१५ सालमा हाल विद्यालय रहेको स्थानमा चाँपेदेवी प्रा.वि. को स्थापना गर्ने कार्य भयो । तत्कालीन पश्चिमाञ्चल शिक्षा डाइरेक्टरबाट स्व. ईन्द्रबहादुर भण्डारीलाई शिक्षकमा नियुक्ति गरी पठनपाठन कार्य शुरु गरियो । वहाँको सहयोगीको रुपमा स्थानीय पढेलेखेका व्यक्ति पं.केदारप्रसाद वाग्ले र ठानेश्वर लम्सालले केही समय अध्यापन गर्नुभयो ।

तीन वर्षसम्म पठनपाठन पछि बुंकोट गाउँ भित्र एउटा पक्कि भवन भएको स्थायी विद्यालय स्थापना गर्न जरुरत थियो । २०१८ सालमा चाँपेदेवी प्रा.वि.लाई सल्लाघारी सिउँडेपानी थुम्कोमा स्थापना गर्ने निर्णय गरी केही समय पठनपाठन गर्ने कार्य भयो । भवन बनाउन ढुङ्गा बोक्ने कार्य पनि भैसकेको थियो । तर बुँकोट ८ कुवापानी निवासी पदमबहादुर थापाको पहलमा वीरबहादुर दिलबहादुर के.सी. को समेत सहमतिमा विद्यालय राम्चे प्रा.वि. भएको स्थापना गर्ने निर्णय २०१८ सालमा तीनकोठे पक्की भवन बनाई बुंकोट ६ राम्चेमा चाँपेदेवी प्रा.वि. स्थापना गरियो । प्र.अ. फणिन्द्र भण्डारी हुनुभयो । विद्यालयको भवन निर्माण तथा शिक्षक दरवन्दी व्यवस्था गर्ने कार्य प्रधानपाच बृजबहादुर श्रेष्ठ उपप्रधानपाच गगनबहादुर गुरुङ्ग तथा तत्कालीन गाउँ सचिव दिलबहादुर के.सी.बाट भयो । विद्यालय स्तरीय हुँदै गयो । कक्षा ५ सम्मको पढाइ संचालन भैसकेको थियो । यो भवन निर्माण गर्न विशेषतः बुंकोट ५-९ सम्मका अभिभावकहरुबाट चन्दा संकलन गरी पूरा भएको थियो । त्यसबेला रु. ५२००/- को लागतमा भवन निर्माण भएको थियो । स्थानीय अभिभावकहरु मिलि आरुआर्वाङ्गबाट ढुँगा ल्याई भवन छाइएको थियो । भवन निर्माण कार्यमा वीरबहादुर थापा जीतबहादुर नेपाली दिलबहादुर के.सी. दलबहादुर थापा पदमबहादुर थापा नरबहादुर खड्का कटकबहादुर थापा सकि्रय हुनुभयो । यस समयमा तपसिलका विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमा सेक्रेटरी अध्यक्ष बृज बहादुर श्रेष्ठ हरिनारयण श्रेष्ठ गगनबहादुर गुरुङ्ग फत्तबहादुर राना नवलिसंह राना पदमबहादुर थापा हुनुहुन्थ्यो ।

जनताको शिक्षा प्रतिको लगावको कारण २०२२-२०२७ सम्म्को अवधिमा नि।मा।वि। बनाउन पटक पटक कोशिस गरियो । तर थोरै सरकारी दरवन्दी शिक्षक र विद्यालय भवन पनि अपुग भएको हुँदा यस वेलासम्म विद्यालय प्रा.वि.मै सीमित रहन पुग्यो । विद्यालयलाई नि.मा.वि. बनाउनु पर्ने भैसकेको थियो । विद्यार्थी संख्या पुग्दो थियो । प्रा.वि.तह पास गर्नेहरु कोही शक्ति हाइस्कुल जान्थे भने कोहीले त्यत्तिकै छाड्दथे । पूर्व प्रधानपंञ्च बृजबहादुर श्रेष्ठ, प्रधानपंञ्च दिलबहादुर के.सी., उपप्रधानपंञ्च गगनबहादुर गुरुङ्ग, लेखबहादुर थापाको विशेष पहल र पोखरीथोक निवासी जीतबहादुर नेपाली तथा पं जीवननाथ वाग्लेको सहयोगमा २०२८ साल फागुन १० गते चाँपेदुवी नि.मा.वि. स्थापना गर्ने कार्य भयो । करिब एक वर्ष पछि २०२९ असोज १७ गते विद्यालयले नि.मा.वि. तहको अस्थायी स्वीकृति प्राप्त गर् यो । यस बेलामा प्रभावशाली युवा बुलेन्द्र भण्डारी प्र.अ.को रुपमा नियुक्त भई २०३६ सालसम्म कार्य गर्नुभयो । त्यसबेला नि.मा.वि. कक्षा संचालन गर्न भवनको जरुरत थियो । कहीं कतैबाट सहयोग प्राप्त गर्ने आधार थिएन । बुंकोटका सकृय व्यक्तिहरु प्रधानपंञ्च दिलबहादुर के.सी. उपप्रधानपंञ्च गगनबहादुर गुरुङ्ग, जीतबहादुर नेपाली, ईश्वरबहादुर थापा, झलकबहादुर श्रेष्ठ, बुद्धिबहादुर श्रैष्ठ, गंगाबहादुर श्रेष्ठ, कुलप्रसाद अधिकारी, लेखबहादुर थापा, खडानन्द सुवेदी, ठानुप्रसाद अंगाई र जगत्बहादुर ढकालको विशेष पहलबाट भवन निर्माण कार्य पूरा भई नि.मा.वि. कक्षा साचालन कार्य सहज हुन पुग्यो । २०२९ देखी २०३७ साल मंसिर २० गतेसम्म विद्यालय सहयोग समितिमा रहेर कार्य गर्ने महानुभावहरुमा अध्यक्ष दिलबहादुर के.सी. सदस्यहरुमा झलकबहादुर श्रेष्ठ हरिनारायण श्रैष्ठ पदमबहादुर थापा लेखबहादुर थापा गगनबहादुर गुरुङ्ग ठानुप्रसाद अंगाई हिमलाल अधिकारी हुनुहुन्थ्यो ।

यस अवधिमा विद्यालयको थप भवन निर्माण गर्नुपर्ने र विद्यालयको नि.मा.वि. अस्थायी स्वीकृतिको पहल गर्नुपर्ने जस्ता चुनौतीपूर्ण कार्यहरु बाँकी थियो । यस कार्य तत्कालीन प्रधानपंञ्च दिलबहादुर के.सी. र अन्य सहयोगीको विशेष पहलमा पूरा भयो र मिति २०३० पुस १ मा विद्यालयले नि.मा.वि.तहको स्थायी स्वीकृति प्राप्त गर् यो । तत्कालीन प्र.अ.बुलेन्द्र भण्डारी, फणिन्द्र भण्डारी, ईश्वर बहादुर भण्डारी, युवानन्द लम्साल, जीवनाथ वाग्ले जस्ता त्यागी शिक्षकहरुको समूहबाट पठनपाठन हुँदा बुंकोट क्षेत्रमा शिक्षाको व्यापक प्रभाव परि शैक्षिक जागरण नै देखा पर् यो । प्रत्येक गाउँका युवाहरु शिक्षित हुन थाले ।

पुनः समयको चक्रसंगै मा.वि. कक्षा संचालन गर्नुपर्ने आवश्यकता महशुस हुँदै आयो । नि.मा.वि. कक्षा पूरा गरी शक्ति विद्यालय वा अन्य ठाउँमा केटाकेटीहरु पठाउनुपर्दा आर्थिक बोझ झन् बढी बहन गर्नुपर्ने कतिपयको त विविध समस्याले आफ्नो केटाकेटीको पढाई छोड्नुपर्ने जस्ता समस्याहरु विकराल बन्दै गएकाले कक्षा १० सम्मको पढाइ बुंकोटमा नै हुनुपर्छ भन्ने बहस बुंकोटवासीमा सुरु भयो । सिउँडेनी निवासी ईश्वरबहादुर थापा, दिलबहादुर के.सी. जस्ता शिक्षाप्रेमी व्यक्तिहरुको सकि्रयतामा २०३५ साल माघ १६ गते "सहिद दिवस" को दिन गाउँ भेलामा व्यापक छलफल भई हाइसकुल संचालन गर्ने निर्णय भयो । त्यसवेला चाँपेदेवी नि.म.वि. लाई "सहिद स्मृति" नामाकरण गर्न जीतबहादुर नेपालीले राय दिनु भएको हुँदा विद्यालयको नाम "सहिद स्मृति" रहन गएको हो ।

मा.वि. संचालनका लागी ईश्वरबहादुर थापा, दिलबहादुर के.सी. लगायत हरिप्रसाद श्रेष्ठ, मित्रलाल श्रेष्ठ बेदप्रसाद तिवारी, नन्दलाल खनाल, केशरमान विक, भोलाराज अधिकारी, लेखबहादुर थापा अभियानका साथ लाग्नु भयो । त्यसबेला विद्यालय राम्चेबाट हाल विद्यालय रहेको चाँपेमा सार्ने निर्णय भयो । भवन निर्माण गर्नुपर्ने मा.वि.को स्वीकृतिको लागी दौडधुप गर्नुपर्ने र स्तरयुक्त शिक्षकको व्यवस्था गर्नुपर्ने जस्ता चुनौतीपूर्ण अभिभारा उहाँहरु माथी थियो । तत्कालीन समयमा अर्थात २०३५-२०३६ मा चन्दा उठाएर करिब १ लाखको जोहो गरी भवन निर्माण कार्य थालियो । रु. ४५००/- को ठेक्कामा ४ वठा बारीका गरा सम्याएर घडेरी खार्ने कार्य बुंकोट ४ काउँले निवासी तोलकबहादुर चुमी र रत्नबहादुर चुमीबाट भयो । काठ काट्ने कार्य रु. ७०००/- मा बुंकोट २ निवासी नरबहादुर श्रेष्ठबाट भयो । काठ चिर्ने कार्य खिलबहादुर ईश्वर आलेबाट रु. ९६२२/- मा भयो । १२ कोठे मूल भवन निर्माणको जिम्मा रु. ५४०००/;- मा तोलकबहादुर चुमी, रत्नबहादुर चुमी जङ्गवीर लायो मगरले लिनुभयो र यो कार्य वहाँहरुले पूरा गर्नुभयो । २०३७ सालमै फलेक छाप्ने ठेक्का रु. ४२००/- मा दीर्घबहादुर पुलामीले लिनुभयो । यसरी भवन निर्माण कार्यमा सबैपक्षबाट सहयोग प्राप्त हुन पुग्यो । अत्यन्त कठिनाइका बाबजुद २०३६ साल जेठ १ गतेबाट भवन निर्माण कार्य सुरु गरी २०३७ असारसम्ममा पूरा गरियो । २०३७ साल साउन १७ गते तत्कालीन व्यवस्थापन समितिको विशेष पहलमा विद्यालयले अस्थायी मा.वि.को स्वीकृति पायो । यसैवर्ष अर्थात् २०३७ साल पुस महिनादेखी कक्षा ८ को पठनपाठन सुरु भयो ।

विद्यालय चाँपेमा सारेर कक्षा ८ चलाउँदा प्र.अ. भएर पं.जीवनाथ वाग्लेले कार्य गर्दै हुनुहुन्थ्यो । अधिकांश अविभावकहरुले मा.वि. कक्षाको गणित विज्ञान विषय चलाउन सक्ने व्यक्तिलाई प्र.अ. बनाउने भन्ने राय दिएपछि शक्ति मा.व.को तत्कालीन मा.वि. विज्ञान शिक्षक शम्भुबाबु मरहट्टालाई २०३७ माघ २० गतेबाट प्र.अ. मा नियुक्ति गरियो । मिति २०३७ मा ईश्वर ब. थापा सदस्यहरुमा दिलबहादुर के.सी., लेखबहादुर थापा, चिराजीवी वाग्ले, ऋषिराम वाग्ले, हरिप्रसाद श्रेष्ठ, नन्दलाल खनाल, फत्तबहादुर राना मगर, लेखबहादुर खड्का, सदस्य सचिव शम्भुबाबु मरहट्टा रहनुभएको थियो ।

विद्यालय सहयोग समिति तथा प्र.अ. को पहलमा विद्यालयलाई मा.वि. स्थायी स्वीकृति ल्याउन अनेकौं प्रयास भए । विशेष तत्कालीन प्रधानपंञ्च दिलबहादुर के.सी. अध्यक्ष ईश्वरबहादुर थापा तथा प्र.अ. शम्भुबाबु मरहट्टाको निरन्तर पहलकदमीबाट मिति २०४० चैत २५ गते मा.वि. तहको ४ दरवन्दी सहित स्थायी स्वीकृति प्राप्त गर् यो । तत्कालीन अवस्थामा विद्यालयको भौतिक शैक्षिक अवस्था निकै उचो हुन पुग्यो । पठनपाठन व्यवस्थित भई एस.ल.सी. लगायतका अन्य अतिरिक्त किर्याकलापहरुमा समेत विद्यालयहरुको हाराहारीमा आउनु सुरु भयो । विद्यालय स्थायी स्वीकृति गराउन पहल गर्नुहुनेमा जीतबहादुर नेपाली तत्कालीन शिक्षा डाइरेक्टर खड्कमान श्रेष्ठ तथा जि.शि.अ. बदि्रमान अमात्यको विशेष सहयोग प्राप्त छ । सुरुमा जिल्ला विकास समितिको सहयोगबाट प्राप्त जस्ताको छानाले मूल भवन छाइएको थियो । २०४४ मा जापानी स्यवंसेवक शिक्षक केन्जो हामदाले सहयोग गरी छानामा नयाँ जस्ता राख्ने कार्य भयो । यसै अवधिमा विद्यार्थी-शिक्षक छात्रवास प्रा.वि. भवनको निर्माण विज्ञान प्रयोगशाला पुस्तकालय र खानेपानीको व्यवस्था गरियो । २०४१ सालमा रु. ८२००/- को लागतमा तत्लो छात्र होस्टेल भवनको निर्माण कार्य सम्पन्न भयो । २०४३ सालमा रु. २८०००/- को लागतमा माथिल्लो होस्टेल बनाउने कार्य भयो । यसलाई जि.वि.स.ले जस्ता उपलब्ध गराएको हुँदा छाना छाउने कार्य पूरा गर्न सकियो । २०३९ सालमा कामका लागी खाद्यान्न अन्तर्गत गाउँ पंञ्चायतमा गहुँ प्राप्त भएको थियो । यसबाट विद्यालयको हाताभित्र ६५२ हात पर्खाल लगाउने कार्य भयो । विज्ञान सामग्रीको खरिद र प्रयोगशालामा राखिएको टेवलहरुलाई अर्का जापानी स्वयंस्वक केइजी किताजावाको आर्थिक सहयोगबाट प्राप्त भयो । सुरुमा कक्षा ४ बाट १० सम्म पठनपाठन सुरु गरिएको यस विद्यालयमा प्रा।वि। तहको आवश्यकता महशुस गरी २०३८ सालबाट कक्षा १ देखी पढाउन थालियो । यसको लागी आवश्यकता पर्ने भवन विद्यालयको आन्तरिक श्रोतबाट रु. ३४०००/- को लगतमा स्थानीय काउँले निवासी तोलकबहादुर चुमी रत्नबहादुर चुमी र ओमबहादुर चुमीबाट २०४३ सालमा निर्माण गर्ने कार्य भयो । यसै समयमा ग्राउन्ड खार्ने र सम्याउने कार्य भयो । फलफुल बगैंचाको विकास गरी आँपका बेर्नाहरु सार्ने कार्य भयो । बगैंचाको बीच बीचमा बदाम मकै लगाउने तथा तरकारी खेती गर्ने कार्य हुन्थ्यो । यस समयमा विद्यालयलाई चौतर्फी विकास गर्न हरतरहले लागी पर्नेमा वि.व्य.स. अध्यक्ष ईश्वरबहादुर थापा प्रधानपंञ्च  दिलबहादुर के.सी., प्र.अ. शम्भुबाबु मरहट्टा र गा.वि.स. अध्यक्ष चेतबहादुर राना हुनुहुन्थ्यो ।

शैक्षिक गुणस्तरमा पनि प्र.अ. शम्भुबाबु मरहट्टाको योगदान उल्लेख्य छ । २०४७ सालको एस.एल.सी. परिक्षामा सम्मिलित ३८ जना विद्यार्थीहरु मध्ये सबै विद्यार्थी उत्तीर्ण गरी १००% नतिजा ल्याउन विद्यालय सफल भयो । यो विद्यालयको इतिहासमै सबैभन्दा माथिल्लो उपलब्धि हो । प्रभावशाली व्यक्तित्व प्र.अ. शम्भुबाबु मरहट्टाले मिति २०४९ बैशाख २९ गते राजिनामा दिएर पेन्सनमा बस्नु भयो त्यसपछि केही समय अर्थात करिब ४ महिना जति यसै विद्यालयका मा.वि. शिक्षक ऋषिराम खनाल नि.प्र.अ.भई कार्य गर्नुभयो २०४९ भदौ १५ बाट शक्ति मा.वि.को विज्ञान शिक्षक राप्रसाद अधिकारी प्र.अ. भई आउनु भयो । यस समयमा विद्यालयमा केही राजनीतिक तनाव पैदा भई शिक्षक व्यवस्थापन कार्यमा केही जटिलता सिर्जना भएको थियो । उहाँको कार्यकालसम्म मूल भवन भन्दा पछाडी ४ कोठे माटोको गारोको भवन निर्माण कार्य GTZ को करिब रु. २०००००/- को सहयोगमा २०५० सालमा पूरा भयो । यस भवन निर्माणका लागी अध्यक्ष चेतबहादुर राना प्र.अ. रामप्रसाद अधिकारी तथा वि. व्य.स. सदस्यहरु गुप्तबहादुर कु.सी. र ओमबहादुर चुमीको विशेष योगदान रहेको छ । यही भवनका कारणले अहिलेसम्म कक्षा ९ र १० का विद्याथीहरुलाई सेक्सन खोलेर पढाउन सहज भएको छ । विद्यालयको २०४९ मा पुर्नगठित वि.व्य.स. को पदाधिकारीहरुमा अध्यक्ष चेतबहादुर राना सदस्यहरुमा मित्रलाल श्रेष्ठ गुप्तबहादुर के.सी. मदन लम्साल फत्तबहादुर राना मानबहादुर थापा आमेबहादुर चुमी र सदस्य सचिव प्र.अ. रामप्रसाद अधिकारी हुनुहुन्थ्यो । केवल २ वर्षको कार्यकाल पछि रामप्रसाद अधिकारी विद्यालय छाडेर स्रोतव्यक्तिको रुपमा सरुवा भएपछि प्र.अ.को  जिम्मेवारी बुंकोट ९ निवासी मा.वि. स्थायी शिक्षक एकराज रेग्मीलाई सुम्पियो ।

प्रतिक्रियाहरू

Prakash Shrestha : Janamaitri Multiple Campus,Kuleshwor Kathmandu

Very nice and informative article,but not enough.Better to include present status of School and programs conducted by the institute.Hope to see running management stream also.


Prakash Shrestha : Janamaitri Multiple Campus,Kuleshwor Kathmandu

Where is the remaining part?


Prakash Shrestha : Janamaitri Multiple Campus,Kuleshwor Kathmandu

Very nice and informative article,but not enough.Better to include present status of School and programs conducted by the institute.Hope to see running management stream also.


Prakash Shrestha : Janamaitri Multiple Campus,Kuleshwor Kathmandu

Where is the remaining part?


यसमा तपाईको प्रतिक्रिया