दरौंदी नदी
२०६८ पुस १२ गते, मंगलवार १२:१६:१८ बजे
यो खोला रुपीनाला भन्ज्याङ्गबाट उत्पत्ति भई बोद्ध रुपीनाला र नारद कुण्डको पानी संकलन गरी गोरखा जिल्लाको बिचै बिच उत्तरबाट दक्षिणतर्फ बगेको छ र मझुवा खैरेनीमा पुगी मस्र्याङ्दी नदीमा पुगेको छ । यसका शाखाहरु मध्ये लाङ्दी चुदी भुसुण्डी खार र शम्भु खोलाहरु पश्चिमी भागबाट मिसिन आएका छन् भने पूर्वबाटमिसिन आएका खोलाहरुमा जराङ्ग राङ्रुङ् मसेल सिर्द हाघ्डी र लुदी खोलाहरु हुन् । यो नदी अविरल रुपमा बगे पनि वर्षात्को समयमा बढी सकि्रय हुन्छ । जसले गर्दा मसेल दोभान देखी कुन्दुरछार गाउको आसपासमा पर्ने विभिन्न टार र समथर भूमीमा यही नदीबाट सिचाइ गरिएको छ ।
यसमा तपाईको प्रतिक्रिया
थप स्थान परिचय
धेरैले पढेको