डाइक्लोफिन्याक मुक्त गोरखा

२०६९ असार २२ गते, शुक्रवार ०८:३४:०६ बजे
कैलासबावु श्रेष्ठ/गोरखा

२२ असार । गिद्व संरक्षणका लागि निकै उपयोगी मानिएको डाइक्लोफिन्याकको प्रयोग गोरखा जिल्लामा हुन छाडे पछि सरोकारवालाहरुले जिल्लालाई २० औं डाइक्लोफिन्याक जिल्लाको रुपमा घोषणा गरेको छ ।
नेपाल पंक्षि संरक्षण संघ र जिल्ला पशु सेवा कार्यालयले जिल्लाको विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा डाइक्लोफिन्याक औषधी नपाइए पछि जिल्लालाई डाइक्लोफिन्याक मुक्त जिल्लाको रुपमा घोषणा गरीएको हो ।
डाइक्लोफिन्याक प्रयोग भएका पशु मरेको सिनो खादा गिद्व मर्ने क्रम बढ्न थाले पछि नेपाल सरकारले सन २००६ देखी औषधी निर्यातमा प्रतिवन्ध लगाएको थियो । यो औषधी अहिले पनि मानिसमा दुखाई हुदा प्रयोग हुने गरेको छ भने पशुमा पनि अत्याधिक दुखाइ भएको वेला प्रयोग गर्ने गरीएको जिल्ला पशु स्वास्थ्य कार्यालय गोरखाका प्रमुख जिवलाल लम्सालले बताए ।
यसमा तपाईको प्रतिक्रिया

थप स्थानिय समाचार