हत्या आरोपीत पक्राउ

२०६८ फागुन ९ गते, मंगलवार ०५:२४:४७ बजे

नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता, गोरखा
 मृत अवस्थामा भेटिएकी गोरखा मनकामना गाउँ बिकास समिति वडा नं ५ कि तुलकुमारी थापाको घटनामा संलग्न अभियोगमा सोमवार जिल्ला प्रहरी कार्यालय गोरखाले विष्णु लामीछाने रेग्मीलर्ई पक्राउ गरेको छ ।

  स्थानीय रेग्मीलाई चितवनको पटीहानी ४ बाट पक्राउ गरिएको हो । मृतक थापाको घटनामा संलग्न रेग्मीलार्य ठोरीका दिपक तिमल्सीनाको घरमा लुकेर बसेको अवस्थामा जिल्ला प्रहरी गोरखाको टोलीले बिहान ३ बजे पक्राउ गरि  अनुसन्धानको लागि आज गोरखा ल्याएको छ । आरोपीत विष्णुको मोबाइलमा सम्पर्क भएको फोनको आधारमा पक्राउ परेका गमबहादुर कुँवरको सहयोगमा आरोपीतहरुलाई पक्राउ गरिएको हो ।
यसअघि घटनमा संलग्न भएको आशंकामा प्रहरीले मनकामनाकै दिपक अर्याल र कमल थापालाई नियान्त्रणमा लिइ छानबिन गरेको थियो ।
माघ १९ गते देखि हराएकी मनकामना गाविस ५ डाँडापाखाकी तुलकुमारी थापा बिहिवार मृत अवस्थामा भेटिएकी थिईन । 

आँवुखैरेनीको मस्र्याङदी जलविद्युत परियोजनाको जलाशयमा उनको शव भेटिएको थियो  । 

यसमा तपाईको प्रतिक्रिया

थप स्थानिय समाचार