स्तरोन्नती पछि पनि बसपार्क प्रयोगबिहिन

२०६८ माघ १२ गते, विहिवार १७:५८:४६ बजे

नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता, गोरखा
गोरखा नगरपालिकाको वडा नं. २ मा रहेको नयाँ बसपार्क प्रयोगविहीन बनेको छ ।  सदरमुकामको पार्किङ ब्यवस्थित गर्ने योजना अनुसार तीन सात अघि स्तरोन्नतीको काम सकिएको भएपनि अहिले त्यहाँ कुनैपनि सवारी साधन पार्किङ  हुँदैनन् । नयाँ बसपार्कको तल्लो भाग प्रयोगविहिन हुँदा पुरानो बसपार्कको सवारी पार्किङ ब्यवस्थित हुन सकेको छैन ।
‘बसपार्कमा सुरक्षा छैन्, राती बस राखेर ढुक्क सँग बस्ने   बातावरण नभएकाले सवारी पार्किङ गर्न समस्या भएको हो’ यातायात ब्यवसायी पृथ्वी अधिकारीले भने । उनका अनुसार सवारी साधनको असुरक्षा कै कारण ब्यवसायीले पार्किङ नगरेका हुन् ।
 अर्का ब्यवसायी विश्वदेब श्रेष्ठले बसपार्कको स्तरोन्नती  गरिएको तल्लो भाग बाट बस माथि उकाल्दा बाटो उकालो पर्ने भएकाले समस्या भएको बताए । उनले भने ‘तलबाट माथि उकाल्न साह्रै गार्रहो हुन्छ, मोड पनि पुग्दैन, ग्रावेल चिप्लिएर चक्का घुम्छ ।’ सजिलो र ब्यवस्थित नहुँदा सम्म पार्किङ गर्न समस्या हुने ब्यवसायीहरु   बताउँछन् ।
स्तरोन्नती गरेको गोरखा   नगरपालीकाले भने ब्यवसायी सँग छलफल गरेर सो क्षेत्रलाई प्रयोगमा ल्याउने तयारी भइरहेको जनाएको छ । नगरपालीकाका कर्मचारी रामकुमार श्रेष्ठले भने ‘छिट्टै ब्यवसायी सँग छलफल गरेर प्रयोगमा ल्याउने तयारी गरिरहेका छौँ, सुरक्षा र   तारबार गर्नुपर्ने जस्ता आन्तरिक ब्यवस्थापन नभएको भन्ने गुनासो आएको छ त्यो समाधान गरेर ब्यवस्थित गर्ने प्रयास गर्छौँ ।’
नगरपालिका कार्यालयले एक लाख ५० हजारको लागतमा नयाँ बसपार्कको तल्लो भाग ग्राबेल गर्नुका साथै एक महिना अघि स्तरोन्नतीको काम गरेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

थप स्थानिय समाचार