सिण्डिकेट अन्त्यको माग गर्दै यातायात बन्द
२०६८ फागुन ५ गते, शुक्रवार १६:५१:०२ बजे
नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता, गोरखा
यातायात व्यवसायी समिति गोरखाले कच्ची सडकमा सिण्डिकेट लगाएको र सिण्डिकेट लगाउन प्रशासनले सहयोग गरेको भन्दै पृथ्वीराजमार्ग बस संचालक समितिले विहिवार आफु मातहतका सवारी साधन चलाएनन् ।
सरकारले सिण्डिकेटको अन्त्य गरेपनि गोरखामा सिण्डिकेट कायम रहेको छ । कच्ची सडकमा गोरखा यातायातले एकलौटी ढङ्गबाट यातायातका साधन संचालन गर्दै आएका छन् । पृथ्वी राजमार्गले बुधबार गोरखाका आफ्नो टिकट काउण्टरमा ताला लगाएर यातायात बन्दको आव्ह्रान गरेका हो । बन्दका कारण विहिवार विहानै देखि पृथ्वीमा आबद्ध लामो तथा छोटा दुरीका कुनै पनि सवारी साधन संचालन भएका छैनन् ।
‘गोरखाका कच्ची सडकमा रहेको सिण्डिकेटको विरोधमा आफ्ना सवारी साधन नचलाएका हौँ ।’ पृथ्वीका कोषाध्यक्ष योगेन्द्र केसीले भने ।, ‘सिण्डिकेट हटाउन प्रशासनले असहयोग गरेकाले बन्द आव्हान गर्न बाध्य भएका हौँ ।’
पृथ्वीले पटक पटक कच्ची सडकमा यातायात संचालन गर्ने प्रयास गरेपनि गोरखा यातायातको अवरोध पछि आफ्ना यातायातका साधन संचालन गर्न सकेको छैन । आन्दोलनका कार्यक्रम अनुसार शुक्रबारबाट भाडाका सवारी साधनहरु अनिश्चितकालिन बन्द गरिने केसीले बताए । बन्दका कारण गोरखाबाट काठमाडौँ, नारायणगढ, पोखरा र आँबुखैरनी जाने कुनै यातायात छुटेनन् । गोरखा यातायातका सवारी साधन भने भने संचालन भएका थिए ।
- अब बुढी गण्डकीमा पानी लिन जानु पर्दैनु
- मनकामना मन्दिर जीर्णोद्धारलाई साढे आठ करोड
- चार वर्षदेखि ओडार बास
- मनकामना मन्दिरमा भारतीय पर्यटकको चाप
- अपहरित व्यवसायीको हत्या
- सेना समायोजनको काम सकिएजस्तै : प्रधान मन्त्री गोरखामा
- बन्दले जनजिवन प्रभावीत
- प्रतिबन्धीत पुस्तक बेच्दै ब्यापारी
- पश्चिमकाली महोत्सव भोली
- गोरखाली वन्त सशस्त्र प्रहरी महानिरीक्षक
- सकियो यातायातको मजदुर प्रशिक्षण
- दलित संघ गठन
- बसको ठक्करबाट एकको मृत्यू
- चिट चोराउने प्रध्यापकलाई कारवाहीको माग
- बहुगोत्रिय समाजमा ढकाल
- पश्चिमाञ्चलमा एक हजारको हाराहारीमा क्षयकुष्ठ रोगी
- चालक र सहचालकलाई परिचय पत्र
- द्वन्द्व पिडितको पहिचान र क्षतिपूर्ती भएन
- क्रिकेट सुरु
- सकियो कांग्रेसको प्रशिक्षण
- पुल बनेपछि बाह्रै महिना यातायात चल्ने
- विभिन्न सामाजिक अपराधमा संलग्न २७ पक्राउ
- पशुचौपायको मुटु कलेजो खाने प्रहरी नियन्त्रणमा
- केटि भेट्न जाँदा झडप
- राष्ट्रिय खेलकुदमा गोरखालाई ८ पदक
- गोरखाका डिएस्पी आफैँ फिल्डमा
- प्रधानमन्त्रीको उद्घाट नै उद्घाटन
- गोरखा उद्योग बाणिज्यसंघमा नयाँ नेतृत्व
- गोरखामा डिएसपीमा कुँबर आउने
- गोरखा यातायातमा गएका १६ गाडि पुन पृथ्वीमै फर्कने