सात सय चिम्नीहुड निर्माण गरिने

२०६८ फागुन १० गते, वुधवार ०५:१०:०७ बजे

नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता, गोरखा
गोरेटो गोरखा र प्राक्टीकल एक्सनको साझेदारीमा जिल्लाको बिभिन्न सात गाउँ बिकास समितिमा सन २०१२ भित्र सात सय चिम्नी हुड निर्माण गर्ने गोरेटो गोरखाले जनाएको छ ।
स्वाँरा, सौरपानी, लाप्राक, घ्याच्चोक, जौवारी , ताकुकोट र ताकुमाझ लाकुरीबोट गाउँ बिकास समितिमा सञ्चांलीत स्वच्छ चिम्नी हुड परीयोजनाको अन्र्तगत सो चिम्नीहुड निर्माण गर्न लागीएको मंगलवार आयोजित बार्षिक समीक्षा कार्यक्रममा जानकारी दिइएको हो ।
 कार्यक्रमका परीयोजना अन्तरगत हालसम्म भएका क्रियाकलाप र लक्ष्यका बारेमा गोरेटो गोरखाका प्रमुख पवन रमण खनालले जानकारी दिए । १ बर्षअघिबाट शुरु भएको यो परीयोजना अन्तरगत लक्ष्यीत गाविसमा हालसम्म ८० वटा चिम्नीहुड निर्माण भैसकेको उनले बताए ।


स्थानीय सहकारी सस्थांसगँको समन्वयमा नागरीकलाई धुवाँबाट हुने असर न्यूनीकरण तथा दाउराको खपत घटाउने उदेश्यले परीयोजना सञ्चांलन गरीएको हो । चिम्नीहुडको प्रयोगले परम्परागत चुल्होको तुलनामा ८५ प्रतिशत धुवाँ कम गर्ने प्राक्टीकल एक्सनले जनाएको छ ।  परीयोजना अन्तरगत गतबर्ष गोरखाको बारपाक, सीम्जुङ र हंसपुर गाविसमा ५ सय चिम्नीहुड निर्माण गरीएको थियो । करीब ६ हजारको लागतमा निर्माण हुने चिम्नीहुडका लागी गोरेटो र प्राक्टीकल एक्सनले प्रतिचिम्नी ४८ सय रुपैया  र प्राविधीक सहयोग गर्दै आएको छ ।
प्राक्टीकल एक्सनका कार्यक्रम प्रमुख शिरीष सींहको अधयक्षतामा भएको समिक्षा कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष रामशरण बस्नेत, एकीकृत माओबादीका रमेश पोख्रेल, प्राक्टीकल एक्सनका प्रेम थापा, सामुदायीक वन उपभोक्ता महासंघ गोरखाका संयोजक रामबहादुर खडका, महिला विकास अधिकृत अन्जना पौडेल, जिल्ला स्वास्थय कार्यालयका डाक्टर सुजन शर्मा, गोरेटो गोरखाका कोषाध्यक्ष पुरुषोत्तम ढकाल, सम्झना ढकाल, घ्याच्चोक माथर हिमाली सामुदायीक विकास सहकारी सस्थांका ब्यबस्थापक होमराज गुरुङ लगायतले मन्तब्य राखेका थिए । 

यसमा तपाईको प्रतिक्रिया

थप स्थानिय समाचार