शवारी चेकजाँचबाट एकै दिनमा १८ हजार राजस्व

२०६८ फागुन ४ गते, विहिवार ०५:१२:४९ बजे

नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता, गोरखा
सडक सुरक्षा चेकजाँच टोलीले बुधवार तनहुँको आँबुखैरेनी राजमार्ग क्षेत्रबाट एकै दिनमा १८ हजार दुई सय राजस्व संकलन गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीले सवारी निति नियम विपरीत गुढेका सावरी साधनबाट जरिवाना स्वरुप उक्त रकम उठाएको हो ।
चेकजाँचमा परेका ९१ वटा विभिन्न खाले सवारी साधनबाट ८३ वटा मुढा, १४ वटा उल्टो सिट, ८ वटा ग्याप सिट, विलबुक एक र मोटरसाइकल तीनवटा बारामद गरिएको प्रहरी साहायक निरीक्षक विपुलनरसिंङ राणाले जानकरी दिए ।
त्यस्तै टोलीले मादक पदार्थ सेवन गरेर सावरी चलाउने एक जना लाई पनि नियन्त्रणमा लिएको जनाएको छ । केही समय यता जिल्लामा सडक सुरक्षा चेकजाँचमा शक्रिय भएकाले क्षेत्रीय प्रहरी कार्यालयले सो टोलीलाई राजमार्ग अन्र्तगत आँवुखैरेनीमा चेकजाँचका लागी खटाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

थप स्थानिय समाचार