विद्यालयको सार्वजनीक सुनुवाई

२०६८ पुस ६ गते, वुधवार ००:००:०० बजे

पुस ६,गोरखा

गुणस्तरीय शिक्षाका लागि विद्यालय क्षमता अभिवृद्धि कार्यक्रम  अन्तर्गत  फिनाम गा.वि.स.को नवदुर्गा निम्न माध्यामिक विद्यालयमा बुधवार एक कार्यक्रम सम्पन्न भएको छ ।  विद्यालयको शैक्षिक,आर्थिक, भौतिक विकास विषयक सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।  नौलो घुम्ती नेपालद्धारा यूरोपेली संघको सहयोग तथा असल छिमेकी सहयोग संघ(गोनेसा) कास्कीसँगको साझेदारीमा संचालीत कार्यक्रम अन्र्तगत सार्वजनीक सुनुवाई भएको हो । सार्वजनिक सरोकारका विषयमा सबैलाई समान रुपले जिम्मेवारी र सहभागी वनाउने उद्देश्यले नवदुर्गा बालक्लवको आयोजनामा कार्यक्रम गरिएको नौलो घुम्ती नेपालका फिल्ड सुरपभाईजर बिशाल ढुङ्गानाले जानकारी दिए ।
विद्यालय ब्यवस्थापन समिति अध्यक्ष महमद फजल मियाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण बहादुर थापा , गा.वि.स. सचिव राम बहादुर बल्छौडी , प्रधानाध्यापक अब्दुल करिम मिया , लगाएतले आफ्नो धारण राखेका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महमद फजल मियाको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण नौलो घुम्ती नेपालका जिल्ला सुपरभाइजर विशाल ढुंगानाले गरेका हुन्  ।

यसमा तपाईको प्रतिक्रिया

थप स्थानिय समाचार