महिला स्वंयमसेविका सम्मानित

२०६८ माघ १२ गते, विहिवार १८:०१:४४ बजे

 नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता, गोरखा
गोरखा देउराली  उपस्वास्थ्य चौकीले बुधवार गाविसमा काम गर्ने उत्कृष्ट तीन जना महिला स्वास्थ्य स्वयंसेविकालाई पुरस्कृत गरेको   छ । पुरस्कृत हुनेमा देउराली गविस वडा नं २ की पार्बती थापा, वडा नं ५ की  नुमाया गुरुङ र वडा नं ८ की उमा भट्ट रहेका छन् ।
आठौँ महिला स्वास्थ्य स्वयंसेविका दिवसको अबसरमा चौकीले एकबर्षको अबधिमा उत्कृष्ट काम गर्ने स्वयंसेविकालाई पुरस्कृत  गरेको हो । पुरस्कृत हुनेहरुलाई जनही सात सय पचास रुपैयाँ प्रदान  गरिएको उपस्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष  रामेश्वर खनालले जानकारी दिए । कार्यक्रम कै अबसरमा गाविसका ९ जना महिला स्वयंसेविकालाई पोशाक भत्ता बापतको प्रतिब्यक्ति चार हजार रुपैयाँ पनि वितरण    गरिएको छ ।
दिबसकै अवसर पारेर देउराली उपस्वास्थय चौकीको ब्यबस्थापन समितिको बैठकले बिहीवार (आज) देखि ओपीडि सेवा थप एक घण्टा बढाउने निर्णय   गरेको छ । हरेक दिन विहान दशदेखी तीन बजेसम्म मात्र संचालन हुने ओपिडि सेवा अब देखि तीन बजे सम्म चल्ने चौकीले जनाएको   छ ।
बैठकले उपस्वास्थय चौकीको भवन निर्माणका लागी यहि २० गतेभित्र जग्गा छनौट गर्ने, निशुल्क वितरणका लागी जिल्लाबाट गएको औषधि समितिको रोहबरमा  वितरण गर्ने, डाक्टरको प्रेसकिपसनको आधारमा मात्र औषधी बिक्री वितरण गर्नुपर्ने निर्णय पनि गरेको छ ।


 

 
यसमा तपाईको प्रतिक्रिया

थप स्थानिय समाचार