प्रधानमन्त्रीको उद्घाट नै उद्घाटन
२०६८ पुस २२ गते, शुक्रवार ०१:२७:०७ बजे
नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता
प्रधानमन्त्री डा. बावुराम भट्टराई आज गोरखामा आयोजना हुने चार औपचारिक कार्यक्रममा सहभागी हुने भएका छन् ।
प्रत्येक महिना जिल्ला आउने अभियान अन्र्तगत डा. भट्टराई पौष महिनामा गोरखा आउन लागेका हुन् । उनी विहान ९ः३० बजे गोरखाकाली रबर उद्योग देउराली आईपुग्ने उनी निकट स्रोतले जानकारी दिएको छ ।
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष समेत रहेका भट्टराईले रबर उद्योग परिसरमा निर्मित सहिद प्रतिक्षालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । जनयुद्धमा मारिएका प्रकाश पोखरेलको स्मृतिमा निर्मित प्रतिक्षालयको उद्घाटन गर्न लागिएको हो ।
त्यसपछि प्रधानमन्त्री उद्योग वाणीज्य संघको १३ औँ अधिवेशन तथा ३८ औँ साधारण सभामा सहभागी हुन छहरे पुग्ने कार्यक्रम रहेका छ । उवासंघमा इलम प्रशिक्षण केन्द्रको भवन प्रधानमन्त्रीले उद्घाटन गर्ने महासचिव जीवनज्योति श्रेष्ठले जानकारी दिए ।
अधिवेशनको उद्घाटन पछि होटल बिसौनीमा खाना खाएर प्रधानमन्त्रीले हात्तीपाईलेको औषधी खाने कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम छ । खाएर होटल विसौनीमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ । बिसौनीमा गोरखा साइन्स एण्ड टेक्निकल एजुकेशन सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभामा डा. भट्टराई सहभागी हुन लागेका हुन् ।
सहकारीको साधारण सभापछि प्रधानमन्त्रीले गोरखा नगरपालिकाको छेवेटार र खोप्लाङ गाविस जोड्ने नवनिर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी तमुवान राज्य समिति सदस्य रमेश पोख्ररेलले जानकारी दिए । पुल उदघाटन पछि प्रधानमन्त्री आँबुखैरनी हुदैँ तनहुँ उवासंघको अधिवेशनमा सहभागी हुन दमौली जाने कार्यक्रम रहेको छ । तीन बजे सम्ममा प्रधानमन्त्रीले दमौली प्रस्थान गरी सक्ने पोखरेलल बताए ।
यस विचमा प्रधानमन्त्रीले नेपाल बारएसोसिएसन गोरखाका पदाधिकारी र पूर्व राज्यमन्त्री जितबहादुर नेपाली सँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
- अब बुढी गण्डकीमा पानी लिन जानु पर्दैनु
- मनकामना मन्दिर जीर्णोद्धारलाई साढे आठ करोड
- चार वर्षदेखि ओडार बास
- मनकामना मन्दिरमा भारतीय पर्यटकको चाप
- अपहरित व्यवसायीको हत्या
- सेना समायोजनको काम सकिएजस्तै : प्रधान मन्त्री गोरखामा
- बन्दले जनजिवन प्रभावीत
- प्रतिबन्धीत पुस्तक बेच्दै ब्यापारी
- पश्चिमकाली महोत्सव भोली
- गोरखाली वन्त सशस्त्र प्रहरी महानिरीक्षक
- सकियो यातायातको मजदुर प्रशिक्षण
- दलित संघ गठन
- बसको ठक्करबाट एकको मृत्यू
- चिट चोराउने प्रध्यापकलाई कारवाहीको माग
- बहुगोत्रिय समाजमा ढकाल
- पश्चिमाञ्चलमा एक हजारको हाराहारीमा क्षयकुष्ठ रोगी
- चालक र सहचालकलाई परिचय पत्र
- द्वन्द्व पिडितको पहिचान र क्षतिपूर्ती भएन
- क्रिकेट सुरु
- सकियो कांग्रेसको प्रशिक्षण
- पुल बनेपछि बाह्रै महिना यातायात चल्ने
- विभिन्न सामाजिक अपराधमा संलग्न २७ पक्राउ
- पशुचौपायको मुटु कलेजो खाने प्रहरी नियन्त्रणमा
- केटि भेट्न जाँदा झडप
- राष्ट्रिय खेलकुदमा गोरखालाई ८ पदक
- गोरखाका डिएस्पी आफैँ फिल्डमा
- प्रधानमन्त्रीको उद्घाट नै उद्घाटन
- गोरखा उद्योग बाणिज्यसंघमा नयाँ नेतृत्व
- गोरखामा डिएसपीमा कुँबर आउने
- गोरखा यातायातमा गएका १६ गाडि पुन पृथ्वीमै फर्कने