पशुचौपायको मुटु कलेजो खाने प्रहरी नियन्त्रणमा

गोरखाको ताङ्लिचोक, मकैसिंङ, भुम्लीचोकमा जिउँदै पशु चौपाय मारेर मुटु कलेजो खाने टेक बहादुर गुरुङ ।

गोरखाको ताङ्लिचोक, मकैसिंङ, भुम्लीचोकमा जिउँदै पशु चौपाय मारेर मुटु कलेजो खाने टेक बहादुर गुरुङ ।

२०६८ फागुन ९ गते, मंगलवार ०५:२८:०७ बजे

 नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता, गोरखा
बिगत केही महिना यता गोरखाको ताङ्लिचोक, मकैसिंङ, भुम्लीचोकमा जिउँदै पशु चौपाय मारेर मुटु कलेजो खाने  टेक बहादुर गुरुङ प्रक्राउ परेका छन् ।

 जिल्ला प्रहरी कार्यालय गोरखाको सहयोग र ताङ्लिचोक प्रहरीको एम्बुस टोलीले गए राती साँढे १ बजे उनलाई पक्राउ गरेको हो । ताङ्लिचोक गविस वडा नं. ७ स्थित पसजारी चौतारा नजिकैको जंगलवाट गुरुङलाई पक्रउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

४८ वर्षे गुरुङको साथबाट प्रहरीले २ वटा झोला, एक थान खुकुरी, फाली, करौँती, सलाई लाईटर, हँसिया, मोवाईल, पर्स, लगाएत पुश चौपाय मार्न प्रयोग गरिने बिभिन्न खाले घरेलु हतियार भेटिएको जनाएको छ ।

प्रहरी सँगको बनयानमा गुरुङले २०,२२ वटा भैँसि, ३ गाई, ३ गोरु, ४ वाख्रा र एउटा बाच्छो मारिसकेको बताएका छन् । रातको समयमा १० बजे देखि १ बजे भित्रमा जंगल नजिकैको गोठमा गएर पुशु चौपाय मार्ने गरेको उनले स्वीईकार गरेका छन ।
मारेका पशु चौपाएको मुटु कलेजो र फिलाको मासु खान का लागी प्रयोग गरेको प्रहरीसँगको बयानमा खुलेको छ ।

नवलपरासीको मुकुन्दपुर गाविस वडा नं. ९ बस्दै आएका उनको पुरानो घर भने ताङ्लिचोककै वडा नं. ७ घ्याप्रीङमा रहेको उनले बताएका छन् । गुरुङले जिउँदे पशु मार्ने काम आफु एक्लैले गरेको स्विईकार गरेका छन् ।


 

 
प्रतिक्रियाहरू

Shyam : Gaire

Kina yesto kamma lageka rahechan ye?ani yesko pariwarma ko ko rahechanni?


Pratibha : Nayabazar, Kathmandu

why he killed animals like that?? why he need that?? please send the answer..


यसमा तपाईको प्रतिक्रिया

थप स्थानिय समाचार