दरौँदीले बार्षिकोत्सव मनायो

२०६८ असोज १ गते, आईतवार ००:००:०० बजे

Daraudi Daily News Paperगोरखा, १-असोज

बिगत १३ वर्ष देखि गोरखा सदरमुकामDaily News paper gorkhaबाट प्रकाशित हुँदै आएको दरौँदी पत्रिकाले आईतवार एक कार्यक्रमका बिच आफ्नो वार्षिकोत्सव मनाएको छ । गोरखाकै पहिलो दैनिकको रुपमा पहिचान बनाएको यस पत्रिकाले दैनिक भएको एक वर्ष र प्रकाशनको १४ वर्ष प्रवेशलाई बार्षिकोत्सवको रुपमा मनाएको हो ।
सदरमुकाममा आयोजित कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथी बयोवृद साहित्यकार नेत्रमणि आर्चायले दरौँदी पत्रिका अझै नयाँ ढंगबाट निरन्तर रुपमा अगाडि बढिरहुनपर्ने बताए । उनले भने "जसरी दरौँदी नदी बगिरहेको छ त्यसरी नै दरौँदी  पत्रिका बगिरहनेछ र बगिरहनुपर्छ ।" यसैबिच एकिकृत नेकपा माओवादीका तमुवान राज्य समिति सदस्य लेखबहादुर थापाले 'पत्रिकार र त्यसमा काम गर्ने पत्रकार हरुले आफु अनुकुल समाचार लेख्न भन्दा पनि सुसासन, शान्ति, संविधान र समाज रुपान्तरणा' जस्ता बिषयलाई जोड दिनुपर्ने धारण राखे । नेपाली कांग्रेशका सभापति हरीबहादुर घलेले राजनीतिक दलहरुले पत्रकार र  पत्रिकालाई सबै किसीमले सहयोग गरिरहने भन्दै सुचना दिने कुरामा आफ्नो पार्टी जहिले पनि तयार रहेको बताए । नेकपा एमालेका अध्यक्ष रामशरण बस्नेतले "संचार माध्यामले गर्ने स-साना गल्तीले पनि ठुलो भ्रम फैलाउन सक्ने भन्दै समाचार लेख्ने सम्पे्रशण र सम्पादन गर्ने" कुरामा ध्यान दिनु पर्ने बताए ।
पत्रिकाले औपचारीका कार्यक्रमका समाचारहरु भन्दा पनि बिग्रेभत्केका गाउँ-गाउँका समस्यालाई बिषेश जोड दिनुपर्ने प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद वाग्लेको धारण थियो । कार्यक्रममा स्थानीय बिकास अधिकारी, तिलक पौडेल शान्ति समाजका केन्द्रीय कोषध्यक्ष स्थानेश्वर दुवाडी, मानव अधिकार तथा सामाजिक रुपान्तर काहुराष्ट गोरखका अध्यक्ष चुणामणि शर्मा, गैर सरकारी संस्था महासंघका अध्यक्ष काजिराम रोका, दरौँदी पत्रिकाका प्रकाशक भाईचन्द्र श्रेष्ठ, सम्पादक शिवप्रसाद उप्रेती लगाएतले पत्रिकारको विषयमा धारण राखेका थिए ।

प्रतिक्रियाहरू

Govinda Raj Sedai : Dhunwakot-9, Gorkha

Nice to hear that Daraudi daily had completed its 13rd anneversity day. Congratultion Mr. Shiva Uprety and his team. Go ahead with slight improvement with timely. I wishes its bright future in coming days.


rajib pokhrel : chhoprak7

im happy


यसमा तपाईको प्रतिक्रिया

थप स्थानिय समाचार