दबाबमा काम गर्दीन : डिएस्पी

२०६८ पुस २४ गते, आईतवार ०९:३२:५८ बजे

नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता

गोरखाका प्रहरी नायब उपरिक्षक (डिएसपी) बसन्त कुँबरले कसैको दबावमा पनि आफूले काम नगर्ने बताएका छन् । नीति नियम र कानुन कार्यान्वयन गराउनु आफ्नो पहिलो प्राथमिकता हुने उनले बताए ।


गोरखा प्रहरी प्रमुखको रुपमा दुई दिन अघि गोरखा आएका कुँबरले आईतबार गोरखाका पत्रकारहरु सँगको परिचयात्मक कार्यक्रममा आफु कसैको पनि दबाव परेर काम गर्ने दावी गरेका हुन् । उनले भने ‘म कुनै राजनैतिक दल समुहको दबाबमा नपरि निति नियम र कानुन अनुसार काम गर्नेछु ।’ गोरखाको विभिन्न क्षेत्रमा विकृति विसङ्गति बढेको भन्दै उनले शान्ति सुरक्षा रर सुव्यवस्था कायम गराउन प्रहरी सक्षम छ भनेर पुष्टि गर्ने काम गर्ने प्रष्ट पारे । नियम विपरित काम गर्ने कसैलाई पनि नछाड्ने उनको भनाई थियो ।


पत्रकारहरुले गोरखाका राजनैतिक दलहरुको संरक्षणमा सबै क्षेत्रमा विकृति विसङ्गति मौलाउँदै गएको डिएसपी कुँबरलाई जानकारी गराएका थिए । कानुन विपरित काम गर्नेहरु पनि राजनैतिक दलकै संरक्षणमा रहेकाले कारवाही हुन नसकेको भन्दै पत्रकारहरुले दण्डहिनता बढेको बताएका हुन् ।
कुँबरले कानुनी विपरित काम गर्नेलाई कारवाही गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले भने ‘नियम विपरित काम गर्नेलाई नछाड्न र कसैको दबावमा काम नगर्न म मताहतका प्रहरीलाई निर्देशन दिइ सकेको छु ।’

 उनले गोरखाका सिण्डिकेट प्रथा कायमै    रहेकाले तत्काल दुई यातायात व्यवासायी बिचको समस्या समाधन गर्ने दावी गरे । कुबँरले भने ‘ यातायतको विषयमा एक पटक सबै सँग छलफल गरेर कानुन अनुसार सहमति र निर्णय गर्ने प्रयास गर्छु । 

यसमा तपाईको प्रतिक्रिया

थप स्थानिय समाचार