डोजर एकद्वारा प्रणालीबाट संचालन गरिने
२०६८ माघ १३ गते, शुक्रवार ०५:०५:१८ बजे
नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता, गोरखा
गोरखा जिल्लामा रहेका डोजर ब्यवशायीहरुले एकद्वार प्रणालीबाट डोजर चलाउने निर्णय गरेका छन् । ब्यवशायीले जिल्ला स्तरमा नेपाल हेभी ईक्विपमेन्ट ब्यवशायी संघ गठन गरि संयुक्त रुपमा आलोपालो गरि ब्यशाय संचालन गर्ने भएका हुन् ।
यस अघि आ–आफ्नै तवरले ब्यक्तीगत रुपमा डोजर चलाउँदै आएका ब्यवशायीले अब भने सदरमुकाममा कार्यालय संचालन गरेर संथागत ढंगले चलाउने भएका छन् । बिगतमा आफु अनुकुल भाडा लिने प्रवृतीले ब्यवशायी बिचको अस्वस्थ प्रतिपर्धा बढाएको भन्दै ब्यवशायीले अवका दिनमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लामा गठित दररेट समितिले तोके अनुसारको भाडा लिने बताएका छन् ।
गत माघ ६ गते बसेको ब्यवशायीबिचको बैठकले शुर्यबहादुर भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । साथै समितिले चार जनाको सल्हाकार समिति, दुई सदस्यीय प्राविधीक सल्हाकार समिति र दुई सदस्यीय बजार अनुगमन तथा ब्यवस्थापन समिति पनि गठन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा फणिन्द्र भट्ट, सचिव दिपक अर्याल, कोषाध्यक्ष रामबहादुर अर्याल, सह सचिव मुकेश बानियाँ, सह कोषाध्यक्ष नारायण खड्का, सहित पाँच जना सदस्य रहेका छन् ।
नब गठित तदर्थ समितिलाई पूर्णता दिन बिहीवार नगरपालीकाको छेपेटारमा एक कार्यक्रमको आयोजना गरिएको थियो । अध्यक्ष सुर्यबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रिय सदस्य पूर्णचन्द्र पोख्रेल, उमाकान्त शर्मा, जिल्ला सचिव दिपक अर्याल, सह कोषाध्यक्ष नारायण खड्का, लगायतले धारणा राखेका थिए । धारण राख्ने क्रममा उनीहरुले ब्यवशायीको हित र हेपाह प्रवृतीबाट काम गनृपर्ने अवस्थाको अन्त गर्न संगठित भएको बताएका थिए । अहिले जिल्लमा बिभिन्न प्रकृतीका १८ ओटा डोजर संचालनमा रहेका छन् ।
- अभिभावकद्वारा विद्यालयलाई नगद सहयोग
- कांग्रेसको प्रशिक्षण
- सात सय चिम्नीहुड निर्माण गरिने
- पशुचौपायको मुटु कलेजो खाने प्रहरी नियन्त्रणमा
- हत्या आरोपीत पक्राउ
- कतै सकियो कतै चल्दै
- खुल्ला नागरीक सभा
- आगलागिबाट गम्भीर घाईतेको काठमाडौँमा उपचार हुँदै
- धर्मावतीको वार्षिकोत्सव
- गोरखा यातायातमा केसी
- विद्यालयको सार्वजनीक सुनुवाई
- चार दिनमा ८० हजार राजश्व
- कांग्रेसको गाउँ स्तरीय प्रशिक्षण आजदेखि
- अभिभावक शिक्षण कार्यक्रम
- अध्यक्षमा चारको उमेद्वारी घोषणा
- हराएकी महिलाको शव भेटियो
- सिण्डिकेट अन्त्यको माग गर्दै यातायात बन्द
- आर्थिक अभावले मर्द्रसा प्रयोग बिहिन
- बन अध्ययनमा गोरखा : चितवन र दोलखा
- शवारी चेकजाँचबाट एकै दिनमा १८ हजार राजस्व
- विभिन्न सामाजिक अपराधमा संलग्न २७ पक्राउ
- पुल बनेपछि बाह्रै महिना यातायात चल्ने
- प्रधानमन्त्रीको उद्घाट नै उद्घाटन
- पशुचौपायको मुटु कलेजो खाने प्रहरी नियन्त्रणमा
- गोरखाका डिएस्पी आफैँ फिल्डमा
- गोरखा उद्योग बाणिज्यसंघमा नयाँ नेतृत्व
- गोरखा यातायातमा गएका १६ गाडि पुन पृथ्वीमै फर्कने
- गोरखामा डिएसपीमा कुँबर आउने
- दबाबमा काम गर्दीन : डिएस्पी
- हत्या आरोपीत पक्राउ