चार दिनमा ८० हजार राजश्व

२०६८ फागुन ६ गते, शनिवार १६:१९:३७ बजे

नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता, अवुखैरेनी
सडक सुरक्षा चेकजाँच टोलीले सवारी निति नियम विपरीत आँबुखैरेनी राजमार्ग हुँदै गुढेका ३६९ सावरी साधनलाई कारवाही गरेको छ । कारवाहीमा परेका सवारी बाट चार दिनमा ८० हजार चार सय रुपैयाँ राजश्व संकलन भएको आँबुखैरेनी चौकीका प्रहरी निरीक्षक डाशिराम ढुङ्गानाले  बताए । 
कारवाहीमा परेका सवारी साधनबाट चार दिनमा १२५ भन्दा बढि मुढा, २२ वटा उल्टोसिट, १३ वटा ग्याप सिट, नौ वटा लाईसेन्स, विलबुक तीन वटा नियन्त्रणमा लिएको टोलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको बिषेश सडक सुरक्षा चेकजाँच टोलीले आँबुखैरेनी आसपासका क्षेत्रमा गरेको विषेश अपरेशनमा ती सवारी साधन कारवाहीमा परेका हुन् ।
चेकजाँचका क्रममा पहिलो दिन ३ गते बुधवार ९१ वटा सवारी कारवाहीमा परेका थिए भने १८ हजार दुई सय राजस्व टोलिले संकलन गरेको थियो । त्यस्तै दोस्रो दिन एक सय वटा कारवाहीमा, २० हजार राजस्व संकनलन भएको थियो । तेस्रो दिन ९४ वटा सवारी साधन कारवाहीमा परेका थिए भने ती सवारीबाट २५ हजार ४ सय रुपैयाँ राजस्व संकलन भएको थियो । शनिवार कारवाहीमा परेका ८४ सवारी साधनबाट १६ हजार आठ सय रुपैयाँ राजस्व संकलन भएको आँबुखैरेनी प्रहरी चौकीका प्रहरी निरीक्षक डाशिराम ढुङ्गानाले जानकारी दिए । 

यसमा तपाईको प्रतिक्रिया

थप स्थानिय समाचार