गोरखा यातायातमा गएका १६ गाडि पुन पृथ्वीमै फर्कने
२०६८ पुस २१ गते, विहिवार ०४:४१:०२ बजे
यातायत ब्यवशायी राष्ट्रिय महासंघले दुई यातायता बिच बिगतदेखि हुँदै आएको बिवाद समाधान गर्न मिलेर यातायात चलाउन निर्देशन गरेपछि सो रुटमा नयाँ गाडि थपिने डरले ब्यवशायीहरु पुन पृथ्वीमा नै फर्कीएका हुन् ।
बुधवार ब्यवशायीहरु १६ वटा बस पहिलेकै रुटमा काठमाण्डौँ चलाउछौँ भनी निवेदन सहति आएका पृथ्वी राजमार्ग बस संचालक समिति गोरखाका कार्यालय प्रमुख राजन ढुङ्गानाले बताए । उनले भने ‘पहिले हामी डर त्रासले करकापमा परेर गोरखमा गयौँ अहिले फेरी काठमाण्डौँ चल्न पाउने भएपछि हामी याँहीबाट चलाउँछौँ भनि हस्ताक्षर सहित १६ वटा बस फिर्ता गर्न पाउँ भनि निवेदन आएको छ ।’ निबेदन आएको बारे समितिमा बिहीवार जानकारी गराउने र महासंघको निर्णय भईसकेकाले फर्काउन सकिने बताए ।
‘ काठमाण्डौँ चल्ने सबै गोरखामा गाभिए, पृथ्वीले पनि १५ क्यू काठमाण्डौँ चलाउन पाउने माहासंघले निर्णय ग¥यो, उसले नयाँ गाडि थपेर ब्यापार कम हुनु भन्दा हामी फिर्ता हुनु हाम्रो लागि राम्रो छ ’ फिर्ता हुन लागेका ब्यवशायी राजकुमार श्रेष्ठले भने । उनले ब्यवशायीहरु सल्लाह गरेर नै फर्कीएको बताएका छन् । यातायात समिति बिचको द्वन्द्वका कारण गोरखा गभिएको ब्यवशायीहरु बताउँछन् । गोरखा यातातलेपनि ब्यवशायीेले आफ्नो ब्यवशायलाई हेरेर फकिएकाले समितीले फर्कनुलाई नकारात्मक रुपमा नलिएको कोषध्यक्ष नारायण खत्रिले बताए । उनले भने ‘महासंघले १५÷१५ को निर्णय गर्छ भन्ने सोचेका पनि थिएनौँ, तर ग¥यो, भएका गाडि त धेरैछ थपियो भने भएकालाई पनि चलाउन समस्या पर्छ भन्ने भएर साथिहरु फर्कन खोज्नु भएको होला ।’ समितिले यसलाई नकारात्मक रुपमा नलिएको समेत उनले प्रष्ट पारे ।
यस अघि पृथ्वीको काठमाण्डौँ चल्ने सबै बस गोरखामा गाभिएपछि अहिले पृथ्वीले अन्यत्रको गाडिबाट काठमाण्डौँको क्यु संचालन गर्दै आएको छ । अब भने दुबै यातायातले मिलेर काठमाण्डौँ रुटमा बस संचालन गर्ने तयारी गरेका छन् । दुई यातायात ब्यवशायी बिच बिवाद बढ्दै गएपछि काठमाण्डौँ चल्ने सबै बस गोरखामा गाभिएका थिए ।
- अब बुढी गण्डकीमा पानी लिन जानु पर्दैनु
- मनकामना मन्दिर जीर्णोद्धारलाई साढे आठ करोड
- चार वर्षदेखि ओडार बास
- मनकामना मन्दिरमा भारतीय पर्यटकको चाप
- अपहरित व्यवसायीको हत्या
- सेना समायोजनको काम सकिएजस्तै : प्रधान मन्त्री गोरखामा
- बन्दले जनजिवन प्रभावीत
- प्रतिबन्धीत पुस्तक बेच्दै ब्यापारी
- पश्चिमकाली महोत्सव भोली
- गोरखाली वन्त सशस्त्र प्रहरी महानिरीक्षक
- सकियो यातायातको मजदुर प्रशिक्षण
- दलित संघ गठन
- बसको ठक्करबाट एकको मृत्यू
- चिट चोराउने प्रध्यापकलाई कारवाहीको माग
- बहुगोत्रिय समाजमा ढकाल
- पश्चिमाञ्चलमा एक हजारको हाराहारीमा क्षयकुष्ठ रोगी
- चालक र सहचालकलाई परिचय पत्र
- द्वन्द्व पिडितको पहिचान र क्षतिपूर्ती भएन
- क्रिकेट सुरु
- सकियो कांग्रेसको प्रशिक्षण
- पुल बनेपछि बाह्रै महिना यातायात चल्ने
- विभिन्न सामाजिक अपराधमा संलग्न २७ पक्राउ
- पशुचौपायको मुटु कलेजो खाने प्रहरी नियन्त्रणमा
- केटि भेट्न जाँदा झडप
- राष्ट्रिय खेलकुदमा गोरखालाई ८ पदक
- गोरखाका डिएस्पी आफैँ फिल्डमा
- प्रधानमन्त्रीको उद्घाट नै उद्घाटन
- गोरखा उद्योग बाणिज्यसंघमा नयाँ नेतृत्व
- गोरखामा डिएसपीमा कुँबर आउने
- गोरखा यातायातमा गएका १६ गाडि पुन पृथ्वीमै फर्कने