गोरखा यातायातमा केसी
२०६८ फागुन ७ गते, आईतवार ०५:०८:४८ बजे
नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता, गोरखा
यातायात ब्यबसायी समीती गोरखाको सातौँ साधारण सभा तथा विशेष अधिवेशनबाट अध्यक्षमा रामहरी केसी भारी मतका साथ विजयी भएका छन् । उनी प्रतिद्धन्द्धी कुलबहादुर कुवँरलाई ३३ मतले पछि पार्दै ९१ मतका साथ विजयी भएका हुन् ।
त्यस्तै समीतीको उपाध्यक्षमा साथ सुवास अधिकारीले ८४ मतका साथ लबकुश सिंखडा र नारायण बाबु खडकालाई पछि बिजयी भए । सिंखडाले २९ र खड्काले २८ मत पाएका थिए । कार्यसमीतीको अन्य चार सदस्य पदका लागी नौ जनाको प्रतिस्पर्धा भएकोमा युवराज पाण्डे, डण्डपाणी कट्टेल, भरतबाबु अर्याल र नविन श्रेष्ठ निर्वाचित भएका छन् । पाण्डेले ९०, अर्यालले ७३, श्रेष्ठले ७१ र कट्टेल ६५ मतका साथ बिजयी भएका हुन् । सदस्यका लागी चुनावी मैदानमा रहेका बलराम थापाले ६२, कमान सींह गुरुङले ५८, सुरजबाबु पन्तले ५३, राजन ढकालले ५० र शम्शेर गुरुङले २४ मत ल्याएका थिए ।
नयाँ कार्यसमीती चयनका लागी शनिवार विहान समीतीको कार्यालयमा भएको मतदान प्रक्रियामा एक सय ५९ ब्यबसायीले मतदान गरेका थिए । त्यस मध्ये २ मतपत्र बदर भएको थियो । समीतीमा कुल एक सय ७६ ब्यबसायी आबद्ध रहेकोमा १७ जना मतदानमा सहभागी नरहेको यातायात ब्यवशायी समितिले जनाएको छ ।
समीतीको दुईबर्षे कार्यकालका लागी अन्य पदमा भने शुक्रवार नै पादधीकारी निर्विरोध भएको थियो । बरीष्ठ उपाध्यक्षमा नन्दलाल बगाले, महासचिवमा बासुजंग थापा, सचिवमा मिरा पाण्डे, कोषाध्यक्षमा बुद्धिबहादुर खत्री र सह कोषध्यक्षमा देबराज श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । बस संयोजकमा चन्द्रबहादुर गुरुङ, ट्रक संयोजकमा यमबहादुर घिमीरे, ट्रयाकटर संयोजकमा नारायण श्रेष्ठ, मिनीबस संयोजकमा रामकुमार श्रेष्ठ र माइक्रो संयोजकमा कृष्णबहादुर गुरुङ निर्वीरोध भएका थिए ।
- अब बुढी गण्डकीमा पानी लिन जानु पर्दैनु
- मनकामना मन्दिर जीर्णोद्धारलाई साढे आठ करोड
- चार वर्षदेखि ओडार बास
- मनकामना मन्दिरमा भारतीय पर्यटकको चाप
- अपहरित व्यवसायीको हत्या
- सेना समायोजनको काम सकिएजस्तै : प्रधान मन्त्री गोरखामा
- बन्दले जनजिवन प्रभावीत
- प्रतिबन्धीत पुस्तक बेच्दै ब्यापारी
- पश्चिमकाली महोत्सव भोली
- गोरखाली वन्त सशस्त्र प्रहरी महानिरीक्षक
- सकियो यातायातको मजदुर प्रशिक्षण
- दलित संघ गठन
- बसको ठक्करबाट एकको मृत्यू
- चिट चोराउने प्रध्यापकलाई कारवाहीको माग
- बहुगोत्रिय समाजमा ढकाल
- पश्चिमाञ्चलमा एक हजारको हाराहारीमा क्षयकुष्ठ रोगी
- चालक र सहचालकलाई परिचय पत्र
- द्वन्द्व पिडितको पहिचान र क्षतिपूर्ती भएन
- क्रिकेट सुरु
- सकियो कांग्रेसको प्रशिक्षण
- पुल बनेपछि बाह्रै महिना यातायात चल्ने
- विभिन्न सामाजिक अपराधमा संलग्न २७ पक्राउ
- पशुचौपायको मुटु कलेजो खाने प्रहरी नियन्त्रणमा
- केटि भेट्न जाँदा झडप
- राष्ट्रिय खेलकुदमा गोरखालाई ८ पदक
- गोरखाका डिएस्पी आफैँ फिल्डमा
- प्रधानमन्त्रीको उद्घाट नै उद्घाटन
- गोरखा उद्योग बाणिज्यसंघमा नयाँ नेतृत्व
- गोरखामा डिएसपीमा कुँबर आउने
- गोरखा यातायातमा गएका १६ गाडि पुन पृथ्वीमै फर्कने