गोरखा उद्योग बाणिज्यसंघमा नयाँ नेतृत्व

गोरखा उद्योग बाणिज्य संघको १३ औँ नवनिर्वाचत अध्यक्ष भगतबाबु जोशी ।
२०६८ पुस २४ गते, आईतवार ०९:४५:०३ बजे
नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता
उद्योग बाणिज्य संघको १३ औँ अधिवेशन तथा ३८ औँ साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको शनिवार राती ०९:३० बजे सकिएको अधिवेशनले अध्यक्षमा भगतवावु जोशी सहित सदस्यमा १० जना चयन गरेको हो । अध्यक्ष जोशी विहिवार नै सर्वसम्बत भई सकेका थिए भने १० सदस्यहरु चुनावी प्रक्रियाबाट निर्वाचित भएका हुन् । सदस्यका लागि २३ जना बिच चुनावी प्रतिस्पर्धा भएको थियो । शनिवार भएको निर्वाचन र मतगणनाबाट सदस्यहरु निर्वाचित भएका हुन् ।
निर्वाचित सदस्यहरुमा भाइचन्द्र श्रेष्ठ, भगवानबावु मास्के, प्रकाशचन्द्र श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, अस्मकबावु श्रेष्ठ, चन्दनबावु खत्री, राजुबावु श्रेष्ठ, राजेन्द्र विश्वकर्मा, गोविन्दबहादुर गुरुङ र कुलबहादुर कुँबर रहेका छन् ।
अध्यक्ष पदका उम्मेदवार प्रदिनबावु श्रेष्ठले विहिवार नै उम्मेदवारी फिर्ता लिएपछि निवर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष जोशी सर्वसम्वत भएका थिए ।
शनिवार दिउँसो १२ बजेबाट मतदान प्रक्रिया सुरु गरिएको हो । मतदान तीन बजे सम्म चलेको थियो । साँझ साँढे पाँच बजेबाट सुरु भएको निर्वाचन अधिकृत विश्वदेब श्रेष्ठले जानकारी दिए । संघका कुल तीन सय ८८ सदस्यमध्ये तीन सय ७१ जनाले मतदान गरेका छन् । खसेको मत मध्ये २७ मत बदर भएको थियो । तीन वर्ष नवनिर्मित कार्य समितिको अवधि हुन्छ ।
- अब बुढी गण्डकीमा पानी लिन जानु पर्दैनु
- मनकामना मन्दिर जीर्णोद्धारलाई साढे आठ करोड
- चार वर्षदेखि ओडार बास
- मनकामना मन्दिरमा भारतीय पर्यटकको चाप
- अपहरित व्यवसायीको हत्या
- सेना समायोजनको काम सकिएजस्तै : प्रधान मन्त्री गोरखामा
- बन्दले जनजिवन प्रभावीत
- प्रतिबन्धीत पुस्तक बेच्दै ब्यापारी
- पश्चिमकाली महोत्सव भोली
- गोरखाली वन्त सशस्त्र प्रहरी महानिरीक्षक
- सकियो यातायातको मजदुर प्रशिक्षण
- दलित संघ गठन
- बसको ठक्करबाट एकको मृत्यू
- चिट चोराउने प्रध्यापकलाई कारवाहीको माग
- बहुगोत्रिय समाजमा ढकाल
- पश्चिमाञ्चलमा एक हजारको हाराहारीमा क्षयकुष्ठ रोगी
- चालक र सहचालकलाई परिचय पत्र
- द्वन्द्व पिडितको पहिचान र क्षतिपूर्ती भएन
- क्रिकेट सुरु
- सकियो कांग्रेसको प्रशिक्षण
- पुल बनेपछि बाह्रै महिना यातायात चल्ने
- विभिन्न सामाजिक अपराधमा संलग्न २७ पक्राउ
- पशुचौपायको मुटु कलेजो खाने प्रहरी नियन्त्रणमा
- केटि भेट्न जाँदा झडप
- राष्ट्रिय खेलकुदमा गोरखालाई ८ पदक
- गोरखाका डिएस्पी आफैँ फिल्डमा
- प्रधानमन्त्रीको उद्घाट नै उद्घाटन
- गोरखा उद्योग बाणिज्यसंघमा नयाँ नेतृत्व
- गोरखामा डिएसपीमा कुँबर आउने
- गोरखा यातायातमा गएका १६ गाडि पुन पृथ्वीमै फर्कने