गोरखामा माघ २५ बाट मात्रै मतदाता नामावली

२०७१ माघ १५ गते, विहिवार १४:१२:२८ बजे
कैलासबावु श्रेष्ठ/गोरखा
माघ १५ गते । देश ब्यापी रुपमा आजै देखी शुरु भएको फोटो सहितको नामावली अध्यावधिक गर्ने काम तयारी पुरा हुन नसकेको भन्दै गोरखा जिल्लामा माघको २५ गते देखी शुरु हुने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय गोरखाले आज पत्रकार सम्मेलन गरी जिल्लाको हकमा तयारी पुरा गर्न नकसकेको भन्दै माघ २५ गते बाट शुरु गरी चैत्र मसान्त सम्ममा अध्यावधिक गर्ने कार्य सम्पन्न गर्ने जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा जिल्ला निर्वाचन अधिकारी निलकण्ठ शर्माले जानकारी दिदै जिल्लाको सवै गाउँ विकास समिति र नगरपालिकाहरुमा खटीने गरी ४ समूह तयार गरीएको बताए । समूहले गाविसको हकमा गाविस कार्यालयमा र नगरपालिकाको हकमा प्रत्येक वडामा २ दिन सम्म काम गर्ने छ ।
यस पटकको नामावली अध्यावधिक गर्ने क्रममा नामावलीमा भएको कुनै पनि त्रृटी सच्याउनुका साथै छुट नामावली दर्ता, नामसारी समेत गरी भएको छ ।
गोरखा जिल्लामा गएको निर्वाचनमा १ लाख ३८ हजार ६ सय ५७ जनाको नाम नामावलीमा समावेश थियो भने गएको पौष महिना सम्ममा १६ बर्ष पुगेका ७ हजार २ सय ३९ जनाले नामावलीमा नाम दर्ताका लागि फोटो खिचाएको कार्यालयले जानकारी दिएको छ । जस अन्तरर्गत ३ हजार ४ सय ३ जना महिला र ३ हजार ८ सय ३६ जना पुरुष रहेको छन ।
नामावली दर्ताका लागि पौष मसान्त सम्ममा १ लाख ४५ हजार ८ सय ९६ जना पुगेको र त्यस मध्ये ७५ हजार ७ सय १३ जना महिला र ७० हजार १ सय ८३ जना पुरुष रहेको पनि कार्यालयले जानकारी गराएको छ ।
यसमा तपाईको प्रतिक्रिया

थप स्थानिय समाचार