गोरखाका डिएस्पी आफैँ फिल्डमा

गोरखामा यातायातको चेकजाँच ट्राफिक प्रहरी
२०६८ पुस २९ गते, शुक्रवार १७:४९:१७ बजेनरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता, गोरखा
ट्राफिक नियम कार्यान्वयन गराउन जिल्ला प्रहरी कार्यालयले विहिबार साँझबाट सडक सुरक्षा चेक जाँच टोली परिचालन गरेको छ । ट्राफिक व्यवस्थापनका लागि क्षेत्रिय प्रहरी कार्यालयबाट तालिम प्राप्त प्राविधिक ट्राफिक प्रहरी झिकाइएको हो । प्रहरी सहायक निरिक्षकको नेतृत्वमा १० जना टोली चेक प्वाइन्टहरुमा खटाईएको छ । ट्राफिक नियम प्रभावकारी रुपमा लागु गर्न टोली परिचालन गरिएको प्रहरी नायब उपरिक्षक बसन्त कुबँरले जानकारी दिए । उनले भन ‘गोरखामा ट्राफिक नियममा सुधार नआए सम्म यो टोली परिचालन गरिने छ ।’ जिल्ला प्रहरी कार्यालयले जिल्लाको सबै सडकमा शुक्रबारबाट टोली परिचालन गर्ने बताएको छ । उक्त टालीले सवारी चालक र सवारी साधनको प्राविधिक परिक्षण गर्न सक्ने प्रहरी निरिक्षक दिलिप घिमिरेले बताए । सडक सुधार अवधारणा अन्र्तगत प्राविधिक टोली खटाईएको कुँबरले बताए ।
बिहिबार साँझ हरमटारी चोकमा आर.एस.सी.सी (सडक सुरक्षा चेक जाँच प्वाइन्ट टोली) ले सवारी साधनमा चेकचाँज गरिएको अवस्थामा डिएसपी कुँबर टोलीको निरिक्षण गर्दै हरमटारी आएका थिए ।
उनले चेकजाँचमा खटिएका ट्राफिक प्रहरीलाई कसैको दबावमा नपरि नियम अनुसार कारवार्ही गर्न निर्देशन समेत दिए । प्रनाउ कुवँरले चेकजाँचमा खटिएका ट्राफिक प्रहरी सहायक निरिक्षकलाई निर्देशन दिदैँ भने ‘नियम अनुसार कडाईको साथ काम गर्नु, केहि समस्या परे तुरुन्त मलाई भन्नु, बाँकी कुरा म गर्छु । ट्राफिक प्रहरीले हरमटारीमा चेक प्वाइन्ट नै खडा गरी सवारी साधन र चालकहरुको परीक्षण गरेको थियो । सुरुवात सँग कुवँरले भने ‘सबै प्रहरी टोलीको म आफैँले स्थलगत निरीक्षण गर्न गरेको छु ।, समस्या परेको ठाँउमा आफैँ गएर समस्या समाधान गर्ने गरेको हुँ ।’
- अब बुढी गण्डकीमा पानी लिन जानु पर्दैनु
- मनकामना मन्दिर जीर्णोद्धारलाई साढे आठ करोड
- चार वर्षदेखि ओडार बास
- मनकामना मन्दिरमा भारतीय पर्यटकको चाप
- अपहरित व्यवसायीको हत्या
- सेना समायोजनको काम सकिएजस्तै : प्रधान मन्त्री गोरखामा
- बन्दले जनजिवन प्रभावीत
- प्रतिबन्धीत पुस्तक बेच्दै ब्यापारी
- पश्चिमकाली महोत्सव भोली
- गोरखाली वन्त सशस्त्र प्रहरी महानिरीक्षक
- सकियो यातायातको मजदुर प्रशिक्षण
- दलित संघ गठन
- बसको ठक्करबाट एकको मृत्यू
- चिट चोराउने प्रध्यापकलाई कारवाहीको माग
- बहुगोत्रिय समाजमा ढकाल
- पश्चिमाञ्चलमा एक हजारको हाराहारीमा क्षयकुष्ठ रोगी
- चालक र सहचालकलाई परिचय पत्र
- द्वन्द्व पिडितको पहिचान र क्षतिपूर्ती भएन
- क्रिकेट सुरु
- सकियो कांग्रेसको प्रशिक्षण
- पुल बनेपछि बाह्रै महिना यातायात चल्ने
- विभिन्न सामाजिक अपराधमा संलग्न २७ पक्राउ
- पशुचौपायको मुटु कलेजो खाने प्रहरी नियन्त्रणमा
- केटि भेट्न जाँदा झडप
- राष्ट्रिय खेलकुदमा गोरखालाई ८ पदक
- गोरखाका डिएस्पी आफैँ फिल्डमा
- प्रधानमन्त्रीको उद्घाट नै उद्घाटन
- गोरखा उद्योग बाणिज्यसंघमा नयाँ नेतृत्व
- गोरखामा डिएसपीमा कुँबर आउने
- गोरखा यातायातमा गएका १६ गाडि पुन पृथ्वीमै फर्कने