कांग्रेसको प्रशिक्षण

२०६८ फागुन ११ गते, विहिवार ०२:३५:४८ बजे

नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता, गोरखा
नेपाली कांग्रेस गोरखाले बुधवार पनि एकदर्जन बढि गाविसमा गाउस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरेको छ । फिनाम, अश्राङ, मकैसींह, दर्बुङ, देउराली, छोप्राक, श्रीनाथकोट, हसंपुर , स्वारा, सौरपानी, पन्द्रुङ, पाचखुवा देउराली र आरुचनौटे गाविसमा मंगलवारबाट शुरु भएको प्रशिक्षण कार्यक्रम बुधवार सकीएको हो ।


 प्रशिक्षणका क्रममा संघीयता, राज्यको शासकीय स्वरुप, कांग्रेसको ऐतिहासीक पृष्टभुमी, शान्ती संविधान निर्माण र सेना समायोजनमा कांग्रेसको भुमीका, पार्टीको निती तथा कार्यक्रम, कांग्रेससगँ युवा, दलित, महिला, जनजाती र आदीबासीको सम्बन्ध लगायतका बारेमा पार्टीको दृष्टिकोणका बारेमा जानकारी दिइएको  कांग्रेस जिल्ला सचिव शुकदेव दवाडीले जाकारी दिए ।

छोप्राकमा गाउँपार्टी सभापति कृष्णप्रसाद पोख्रेलको अधयक्षतामा भएको कार्यक्रममा महासमीती सदस्य चन्द्रप्रसाद न्यौपाने, प्रशिक्षक सन्तोष गुरुङ, कमलप्रसाद अम्गाई र कृष्णप्रसाद पा्ख्रेलले प्रशिक्षण दिएका हुन् । त्यस्तै, देउरालीमा गाउँपार्टी सभापति ढलकबहादुर अधिकारीको अधयक्षतामा भएको कार्यक्रममा विश्वनाथ वाग्ले, कमलप्रसाद कोइराला, झलककुमारी बगालेले प्रशिक्षण दिएका इश्वर परियारले जानकारी दिए ।

फिनाममा गाउँपार्टी सभापति कमलबहादुर थापाको अधयक्षतामा भएको कार्यक्रममा भेषराज पाण्डे, बेनिरमण मरहट्टा र गणेश गुरुङले प्रशिक्षण दिएको कांग्रेस गोरखाले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

थप स्थानिय समाचार