कांग्रेसको गाउँ स्तरीय प्रशिक्षण आजदेखि

२०६८ फागुन ६ गते, शनिवार १६:१७:५६ बजे

नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता, गोरखा
नेपाली कांग्रेस जिल्ला कार्य समिति गोरखाले (आज) आईतवार देखि जिल्ला ब्यापी रुपमा गाउँ स्तरीय कार्यकर्ता प्रशिक्षण अभियानमा सुरु गर्दैछ । पार्टीको नीति तथा कार्यक्रम र दृष्टिकोणका बारे गाउँ स्तरका कार्यकर्तालाई जानकारी गराउन प्रशिक्षाण अभियान संचालन गरेको कांग्रेसले जनाएको छ ।
शनिवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरि कांग्रेसले प्रशिक्षण कार्यक्रमको बारेमा जानकारी दिएको हो । फाल्गुन सात गते प्रजातन्त्र दिबस सँगै जिल्लाका ११ वटा ईलाकामा एकैसात प्रशिक्षण अभियान संचालन गरिने जनाइएको छ । नगरपालीका, १२ र १३ नम्बर ईलाकामा भने ........गरिने सम्मेलनमा उप सभापति मोहन पोख्रेलले बताए ।
प्रशिक्षणका लागी कांग्रेसले अगुवा कार्यकर्तालाई यस अघि नै केन्द्रीय स्तरका नेताबाट प्रशिक्षीत गराएको थियो । केन्द्रबाट प्रशिक्षित भएर आएका ४४ जना कार्यकर्ता विभिन्न गाउँ बिकास समितिमा प्रशिक्षकको रुपमा खटाईने उपसभापती पोख्रेलले जानकारी दिए । कार्यकर्तालाई पार्टीको सांगठनीक पृष्ठभुमि, आचारसंहिता, संघियता, नेतृत्व बिकास, नेपाली कांग्रेसको भावी निती तथा कार्यक्रमका बारेमा प्रशिक्षित गराईने जिल्ला समितिले जनाएको छ । ‘प्रशिक्षणमा हामीले युवा, दलीत, महिला, जनजाती र नेपाली कांग्रेसको धारण लगाएतका विषयमा पनि प्रशिक्षण दिनेछौँ’ उपसभापति पोख्रेलले भने ।
कार्यकर्ता विच परस्पारी सम्बन्ध सुधृढ बनाउन र बिचार आदान प्रदान गर्न आफु पाएक पर्ने भन्दा भिन्न क्षेत्रमा प्रशिक्षक खटाईएको कांग्रेसले जनाएको छ । १८ गते सम्म चल्ने प्रशिक्षणका लागी शनिवार देखि प्रशिक्षकहरु सामग्री सहित गाउँ गईसकेका छन् । पत्रकार सम्मेलनमा कांगेस सभापति हरीबहादुर घले, उप सभापति पोख्रेल, सचिव सुकदेव दवाडी लगायतको सहभागीता रहेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

थप स्थानिय समाचार