कतै सकियो कतै चल्दै

काँग्रेस झण्डा

काँग्रेस झण्डा

२०६८ फागुन ९ गते, मंगलवार ०५:१५:१६ बजे

नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता, गोरखा

 नेपाली कांग्रेस गोरखाले प्रजातन्त्र दिवसको अवसरमा पारेर सुरु गरेको गाउँ स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम चलिरहेको छ । नगरपालीका, १२ र १३ नम्बर ईलाका बहेकाका ईलाकामा सुरु भएको प्रशिक्षण १८ गते सम्म चल्नेछ ।

जसअन्र्तगत गाँखु गविसमा भएको प्रशिक्षण कार्यक्रमको सोमवार समापन भएको छ । जिल्ला सभापति हरिबहादुर घलेको प्रमुख अथित्यतामा भएको कार्यक्रमा जिल्ला सदस्य ईश्वर अधिकारी र नगर सभापति राजनराज पन्तले प्रशिक्षण दिएका थिए ।


नारेश्वर गाउँ कार्य समितिको आयोजनामा भएको प्रशिक्षण कार्यक्रम पनि सोमवार सकिएको छ । गाउँ इकाइ सभापति दिपबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सभासद जिवनप्रेम श्रेष्ठ, पुर्व जिल्ला सभापति चेतमान श्रेष्ठ, जिल्ला कोषाध्यक्ष भुगोल थापा, सदस्य भेजराज पाण्डे लगायतले मन्क्तव्य राखेका थिए ।


त्यस्तै मसेल र मुच्चोक गाउँ कार्य समितिको आयोजनामासोमवारबाट प्रशिक्षण कार्यक्रम सुरु भएको छ । यी लगाएत ११ वटा ईलाका भित्र कतै प्रशिक्षण सकिएको त कतै चल्दै रहेको नेपाली कांग्रेस गोरखाले जनाएको छ ।

_

 
यसमा तपाईको प्रतिक्रिया

थप स्थानिय समाचार