आर्थिक अभावले मर्द्रसा प्रयोग बिहिन

२०६८ फागुन ५ गते, शुक्रवार १६:४६:४८ बजे

नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता, ताप्ले, गोरखा
जिल्लाको ताप्ले गाउँ बिकास समिति वडा नं. ४ मा रहेको मदरसाको भबन अहिले प्रयोग बिहीन बनेको छ । दुई वर्ष पहिले  निर्माण सुरु भएको भएपनि अहिले सम्म निर्माण पुरा नहुँदा भबन प्रयोग विहिन बनेको हो ।
‘गाउँले सँग पैसा उठाएर, श्रमदान गरेर यतिको बनाएका हौँ, यही गर्न पनि २ वर्ष लाग्यो तर अहिले सम्म पुरा गर्न सकिएको छैन’ मदरसा समदना अबुकर लि तहफिजीला कुआर्नाका शिक्षक मौलान(ज्याउर्र) रहमानले भने । २०६६ साल माघमा निर्माण थालिएको उक्त भबनका लागी स्थानीयले पटक–पटक गरी जनश्रमदान गरेर गार्रहो लगाउने काम सकेको शिक्षक रहमान बताउँछन् । भबन निर्माणका लागी रकम माग्दा गाविसले छ हजार रुपैँया मात्र सहयोग गरेको भन्दै उनले दुखेसो गरे  । भबन प्रयोग बिहिन हुँदा बिभिन्न तहका विद्यार्थीहरु एउटै कोठामा बसेर पढ्न बाध्य बनेका छन् ।
काईदा, आप्पारा, कुआर्न, लगायतका ५ कक्षा सरहको तह पढाई हुने सो विद्यालयमा दुई तहका विद्यार्थी एकै कोठामा बसेर पढ्दै आएका छन् । बिभिन्न तहमा गरी ४७ जना विद्यार्थी सो विद्यालयमा अध्ययन गर्दै आईरहेका छन् ।   ताप्लेमै जन्मिएर जिल्ला भित्र र बाहिर ब्यापार गर्न बसेका हरुबाट सहयोग मागेर दुई महिना अघि मात्रै जस्ताले छाएको अर्का शिक्षक हाजिफ मेहखानले  बताए । दुई वर्ष पहिले देखि निर्माण सुरु भएको तीन कोठे एक तले भबन पटक पटक गरी अहिले सम्म पुरा हुन सकेको छैन ।

भबनको बाहिरी स्वरुप निर्माण भएपनि प्रयोगमा आउन सकेको छैन । भित्र कोठामा निर्माण गर्नुपर्ने भुँईको भाग, लिपपोत, खापा, डेक्स बेन्च, लगायतका निर्माण काम पुरा नुहँदा भबन प्रयोगविहिन बनेको शिक्षक मेहखान बताउँछन् ।
सरकारले सामुदायिक विद्यालयको तुलनामा मदरसालाई आर्थिक सहयोग नगरेका कारण समस्या भएको मुस्लिम युवा समाजका जिल्ला अध्यक्ष महोसीन अलिम मियाँ बताउँछन् ।

 जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क अनुसार अहिले १४ ओटा मदरसा         आधिकारिक रुपमा दर्ता भएर संचालन भएका छन् । प्रक्रियागत ढंगले संचालनमा आएका          मदरसालाई शिक्षा कार्यालयले वार्षिक १८ हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आएको छ । मदरसा हरुले भने त्यति थोरै रकमले एक वर्ष सम्म मदरसा चलाउन समस्या भएको बताउँदै आएका छन् । 

यसमा तपाईको प्रतिक्रिया

थप स्थानिय समाचार