आगलागिबाट गम्भीर घाईतेको काठमाडौँमा उपचार हुँदै
२०६८ फागुन ८ गते, सोमवार १६:११:३२ बजे
नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता, गोरखा
उहिया गाउँ बिकास समतिमा वडा नं. १ खोर्ला बेशीमा आईतवार राती भएको आगलागी परि गम्भीर घाईते सात जनाको काठमाडौँमा उपचार हुँदैछ । रातको समय भएकाले आईतवार हेलीकप्टर आउन नसक्ने भएपछि सोमवार बिहान हेलिकप्टर चार्टर गरेर थप उपचारको लागी काठमाण्डौँको टिचिङ हस्पिटल लगेका छौँ ।
‘हिजै (आईतवार) राती हेलीकप्टर चार्टर गर्न सकेनौँ, आज (सोमवार) बिहान चार्टर गरेर गम्भीर भएका सात जनालाई टिचिङमा उपचारका लागी लगेका छौँ ।’ स्थानीय सुवानसिंह गुरुङले टेलीफोनमा भने । बाँकी सामान्य घाईते नौ जनाको भने माछाखोला उपस्वास्थ्य चौकीमा उपचार भईरहेको गुरुङले बताए । उनले भने ‘हेलीकप्टरले आरुघाट स्वास्थ्य चौकीबाट औषधी सहित तीन जना स्वास्थ्य कर्मी ल्यायर समान्य घाईतेको अहिले माछाखोला उपस्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।’
काठमाडौँ मा उपचारार्थ वडा नं १ का ११ वर्षिय बेलबहादुर गुरुङ, १२ वर्षिय कमल गुरुङ, १६ वर्षिय मनकुमारी गुरुङ, २४ वर्षिय सुनिता गुरुङ, २५ वर्षिय पिप्ली गुरुङ, ४५ वर्षिय टेकबहादुर गुरुङ, ६८ वर्षिय विरबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानिय सुवानसिंह गुरुङको फागुन एक गते मृत्यु भएकी आमा मान्की गुरुङका किरिया बसेको ठाँउमा आगोलागी हुदाँ कुरुवाहरु सहित स्थानियबासी घाईते भएका हुन् । किरिया बसेको ठाँउमा रहेको टुकी बत्तीमा मट्टितेल हाल्ने क्रममा आगो लागि भएको सुवान सिंहले बताए ।
- अब बुढी गण्डकीमा पानी लिन जानु पर्दैनु
- मनकामना मन्दिर जीर्णोद्धारलाई साढे आठ करोड
- चार वर्षदेखि ओडार बास
- मनकामना मन्दिरमा भारतीय पर्यटकको चाप
- अपहरित व्यवसायीको हत्या
- सेना समायोजनको काम सकिएजस्तै : प्रधान मन्त्री गोरखामा
- बन्दले जनजिवन प्रभावीत
- प्रतिबन्धीत पुस्तक बेच्दै ब्यापारी
- पश्चिमकाली महोत्सव भोली
- गोरखाली वन्त सशस्त्र प्रहरी महानिरीक्षक
- सकियो यातायातको मजदुर प्रशिक्षण
- दलित संघ गठन
- बसको ठक्करबाट एकको मृत्यू
- चिट चोराउने प्रध्यापकलाई कारवाहीको माग
- बहुगोत्रिय समाजमा ढकाल
- पश्चिमाञ्चलमा एक हजारको हाराहारीमा क्षयकुष्ठ रोगी
- चालक र सहचालकलाई परिचय पत्र
- द्वन्द्व पिडितको पहिचान र क्षतिपूर्ती भएन
- क्रिकेट सुरु
- सकियो कांग्रेसको प्रशिक्षण
- पुल बनेपछि बाह्रै महिना यातायात चल्ने
- विभिन्न सामाजिक अपराधमा संलग्न २७ पक्राउ
- पशुचौपायको मुटु कलेजो खाने प्रहरी नियन्त्रणमा
- केटि भेट्न जाँदा झडप
- राष्ट्रिय खेलकुदमा गोरखालाई ८ पदक
- गोरखाका डिएस्पी आफैँ फिल्डमा
- प्रधानमन्त्रीको उद्घाट नै उद्घाटन
- गोरखा उद्योग बाणिज्यसंघमा नयाँ नेतृत्व
- गोरखामा डिएसपीमा कुँबर आउने
- गोरखा यातायातमा गएका १६ गाडि पुन पृथ्वीमै फर्कने