अभिभावकद्वारा विद्यालयलाई नगद सहयोग

२०६८ फागुन ११ गते, विहिवार ०२:३७:२१ बजे

नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता, गोरखा
जिल्लाको घैरुङको गाउँ बिकास समितिमा रहेको चन्द्रकला प्राथमीक विद्यालयको २२ औ बार्षिकोत्सवको अबसरमा स्थानीय बासीन्दाले विद्यालयलाई ३१ हजार रुपैया सहयोग गरेका छन् ।

 विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागी स्थानीयले सो रकम सहयोग गरेका हुन । गत ७ बर्षदेखी हरेक बर्ष बार्षिकोत्सवकै अबसर स्थानीयले चन्दा संकलन गरी विद्यालयलाई आर्थीक सहयोग गर्दै आएका छन्  ।  बार्षिकोत्सकै अबसरमा बुधवार विद्यालयको नवनिर्मीत भवनको पनि उदघाटन गरीएको छ । जिल्ला शिक्षा कार्यालयको छ लाख ५० हजार र गाउँलेको १ लाख ९५ हजार को लागतमा सो भबन बनेको हो । उक्त तीन कोठे भवनको श्रोतब्यक्ति श्यामप्रासद लामीछानेले उद्घाटन गरेका हुन् ।


विद्यालय ब्यबस्थापन समीतीका अध्यक्ष जंगबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष शिवराम कट्टेल, भगवती हिमालय उच्च माविका प्रधानाध्यापक खुनप्रसाद रेग्मी, नेपाल रेडक्रस सोसाइटीका  जिल्ला सदस्य डिल्लीराम रेग्मी , गणेश प्राबिका प्रधानाध्यापक गुनबहादुर थापा, लगायतले मन्तब्य राखेका थिए । 

यसमा तपाईको प्रतिक्रिया

थप स्थानिय समाचार