अध्यक्षमा चारको उमेद्वारी घोषणा
२०६८ फागुन ५ गते, शुक्रवार १७:०२:४८ बजे
नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता, गोरखा
यातायात ब्यबसायी समिति गोरखाको आज हुने हुने सातौँ औँ साधारण सभा तथा विशेष अबिधेसशनमा अध्यक्ष पदका लागि चार बिच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
महासचिव रामहरि केसी, कोषाध्यक्ष नारायण खत्री, उपाध्यक्ष कुलबहादुर कुँबर र शंकरबहादुर दानीले अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका हुन् । उनीहरुले व्यवसायीहरु सँग अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका हुन् । अध्यक्षमा उमेदवारी दिने तयारीमा रहेकाहरुले प्यानल नै सहित उमेदवारी दिने बताएका छन् ।
तीन दल एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालले भने यातायातको अधिवेशनबाट सर्वसम्बत नेतृत्व चयन गर्न औपचारिक अनौपचारिक छलफलमा जुटेका छन् । केसी र खत्री माओवादीको भट्टराई, संस्थापन पक्षका, कुँबर कांग्रेस र दानी स्वतन्त्र उमेदवार हुन् ।
आफ्नो पार्टी निकटका व्यवसायीहरुले विहिवार पार्टी नेतृत्व सँग छलफल गरेका थिए । व्यवसायीहरुले माओवादीका सेक्रेटरी चुडामणी खड्का, यानप्रसाद भट्ट, कांग्रेसका हरिबहादुर घले, एमालेका रामशरण बस्नेत सँग छलफल गरेका हुन् । ती नेताहरु बिच पनि सर्वसम्वत नेतृत्व छनौटका लागि बिहिबार अनौपचारिक छलफल भएको थियो । स्रोतका अनुसार तीन दलका नेताहरु आज विहान ८ बजे छलफलमा जुट्ने छन् । दलहरुको बैठकमा सहमति हुन नसके चार उमेद्वार बिच प्रतिस्पर्धा हुने पक्का पक्की छन् ।
अध्यक्ष पदका उमेदवारहरुले आफुलाई सहयोग गर्न दिनभर छलफल, बैठक गरेका थिए । यातायात व्यवसायीको कार्यालयमा व्यवसायीहरु बिच भएको सहमति खोज्ने प्रयास पनि सफल हुन सकेको थिएन ।
निर्माण ब्यबसायी हलको भवनमा साढे सात बजे सुरु हुने साधारण सभा तथा अबिधेसशनको तयारी पुरा भएको समितिका कोषाध्यक्ष नारायण केसीले बताए । अधिवेशनको उद्घाटन केन्द्रिय अध्यक्ष योगेन्द्र कर्माचार्य गोरखा आईसकेको अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।
अधिवेशनले आगामी २ बर्षे कार्यकालका लागी नयाँ नेतृत्व चयन गर्नेछ । अबिधेशनमा समितिमा आबद्ध एक सय ७६ ब्यबसायी सहभागी हुनेछन् । बसका ६५, माइक्रोका २८, ट्याक्टरको ३५, ट्रक २९ र मिनिबसका १७ व्यवसायी सहभागी हुने छन् । अधिवेशनबाट अध्यक्ष, वरिष्ट उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, पाँच वर्गीय संयोजक (बस, टूक, माइक्रो, ट्याक्टर र मिनिबस) चार सदस्य र मनोनित दुई सदस्य र निर्वतमान अध्यक्ष गरी १९ सदस्यीय कार्य समिति चयन गर्ने छ ।
- अब बुढी गण्डकीमा पानी लिन जानु पर्दैनु
- मनकामना मन्दिर जीर्णोद्धारलाई साढे आठ करोड
- चार वर्षदेखि ओडार बास
- मनकामना मन्दिरमा भारतीय पर्यटकको चाप
- अपहरित व्यवसायीको हत्या
- सेना समायोजनको काम सकिएजस्तै : प्रधान मन्त्री गोरखामा
- बन्दले जनजिवन प्रभावीत
- प्रतिबन्धीत पुस्तक बेच्दै ब्यापारी
- पश्चिमकाली महोत्सव भोली
- गोरखाली वन्त सशस्त्र प्रहरी महानिरीक्षक
- सकियो यातायातको मजदुर प्रशिक्षण
- दलित संघ गठन
- बसको ठक्करबाट एकको मृत्यू
- चिट चोराउने प्रध्यापकलाई कारवाहीको माग
- बहुगोत्रिय समाजमा ढकाल
- पश्चिमाञ्चलमा एक हजारको हाराहारीमा क्षयकुष्ठ रोगी
- चालक र सहचालकलाई परिचय पत्र
- द्वन्द्व पिडितको पहिचान र क्षतिपूर्ती भएन
- क्रिकेट सुरु
- सकियो कांग्रेसको प्रशिक्षण
- पुल बनेपछि बाह्रै महिना यातायात चल्ने
- विभिन्न सामाजिक अपराधमा संलग्न २७ पक्राउ
- पशुचौपायको मुटु कलेजो खाने प्रहरी नियन्त्रणमा
- केटि भेट्न जाँदा झडप
- राष्ट्रिय खेलकुदमा गोरखालाई ८ पदक
- गोरखाका डिएस्पी आफैँ फिल्डमा
- प्रधानमन्त्रीको उद्घाट नै उद्घाटन
- गोरखा उद्योग बाणिज्यसंघमा नयाँ नेतृत्व
- गोरखामा डिएसपीमा कुँबर आउने
- गोरखा यातायातमा गएका १६ गाडि पुन पृथ्वीमै फर्कने