स्थानिय समाचार
अभिभावकद्वारा विद्यालयलाई नगद सहयोग
२०६८ फागुन ११ गते, विहिवार ०२:३७:२१ बजेजिल्लाको घैरुङको गाउँ बिकास समितिमा रहेको चन्द्रकला प्राथमीक विद्यालयको २२ औ बार्षिकोत्सवको अबसरमा स्थानीय बासीन्दाले विद्यालयलाई ३१ हजार रुपैया सहयोग गरेका छन् ।
कांग्रेसको प्रशिक्षण
२०६८ फागुन ११ गते, विहिवार ०२:३५:४८ बजेनेपाली कांग्रेस गोरखाले बुधवार पनि एकदर्जन बढि गाविसमा गाउस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरेको छ ।
सात सय चिम्नीहुड निर्माण गरिने
२०६८ फागुन १० गते, वुधवार ०५:१०:०७ बजेगोरेटो गोरखा र प्राक्टीकल एक्सनको साझेदारीमा जिल्लाको बिभिन्न सात गाउँ बिकास समितिमा सन २०१२ भित्र सात सय चिम्नी हुड निर्माण गर्ने गोरेटो गोरखाले जनाएको छ ।
पशुचौपायको मुटु कलेजो खाने प्रहरी नियन्त्रणमा
२०६८ फागुन ९ गते, मंगलवार ०५:२८:०७ बजेबिगत केही महिना यता गोरखाको ताङ्लिचोक, मकैसिंङ, भुम्लीचोकमा जिउँदै पशु चौपाय मारेर मुटु कलेजो खाने टेक बहादुर गुरुङ प्रक्राउ परेका छन् ।
हत्या आरोपीत पक्राउ
२०६८ फागुन ९ गते, मंगलवार ०५:२४:४७ बजेमृत अवस्थामा भेटिएकी गोरखा मनकामना गाउँ बिकास समिति वडा नं ५ कि तुलकुमारी थापाको घटनामा संलग्न अभियोगमा सोमवार जिल्ला प्रहरी कार्यालय गोरखाले विष्णु लामीछाने रेग्मीलर्ई पक्राउ गरेको छ ।
कतै सकियो कतै चल्दै
२०६८ फागुन ९ गते, मंगलवार ०५:१५:१६ बजेनेपाली कांग्रेस गोरखाले प्रजातन्त्र दिवसको अवसरमा पारेर सुरु गरेको गाउँ स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम चलिरहेको छ ।
खुल्ला नागरीक सभा
२०६८ फागुन ८ गते, सोमवार १६:१८:१६ बजे६२ औँ प्रजातन्त्र दिबसको उपलक्ष्यमा आईतवार गोरखा नगरपालीकाको बिरेन्चोकमा लोकतन्त्र र मानव अधिकार विषयक खुल्ला नागरीक सभा सम्पन्न भएको छ ।
आगलागिबाट गम्भीर घाईतेको काठमाडौँमा उपचार हुँदै
२०६८ फागुन ८ गते, सोमवार १६:११:३२ बजेउहिया गाउँ बिकास समतिमा वडा नं. १ खोर्ला बेशीमा आईतवार राती भएको आगलागी परि गम्भीर घाईते सात जनाको काठमाडौँमा उपचार हुँदैछ ।
धर्मावतीको वार्षिकोत्सव
२०६८ फागुन ८ गते, सोमवार ०५:२०:२२ बजेधर्मावती माध्यमिक विद्यालय छोप्राक ९ चोरकाटे गोरखा को ५१औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह विविध कार्यक्रमका साथ आईतवार सम्पन्न भएको छ ।
गोरखा यातायातमा केसी
२०६८ फागुन ७ गते, आईतवार ०५:०८:४८ बजेयातायात ब्यबसायी समीती गोरखाको सातौँ साधारण सभा तथा विशेष अधिवेशनबाट अध्यक्षमा रामहरी केसी भारी मतका साथ विजयी भएका छन् ।
विद्यालयको सार्वजनीक सुनुवाई
२०६८ फागुन ७ गते, आईतवार ०५:०५:५७ बजेअश्राङ्ग गाउँ बिकास समितिको नवजागृति चण्डी उच्च मावीमा शनिवार विद्यालयको शैक्षिक, आर्थिक,र भौतिक विकास विषयक सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ ।
चार दिनमा ८० हजार राजश्व
२०६८ फागुन ६ गते, शनिवार १६:१९:३७ बजेसडक सुरक्षा चेकजाँच टोलीले सवारी निति नियम विपरीत आँबुखैरेनी राजमार्ग हुँदै गुढेका ३६९ सावरी साधनलाई कारवाही गरेको छ ।