सौलको झरिमा नेपाली केटो (कविता)
२०६८ पुस १२ गते, मंगलवार ११:५५:०७ बजे
कुहिरोका रापले घरहरुका छानामाथि गुँड जँमाउदा
हान नदी किनारमा तरिरहने पानीहाँसामाथि
बाक्लो वर्षे झरीले चुट्दा
आधुनिकता र गतीको सिमानतालाई यती नजिकबाट हेर्ने रहर जागेर आँऊछ
कि मेरो जिन्दगी
फलाम काटेर आधा दिन काट्दा पनि मलाई
फेरी एकपटक बाँचेर हेर्ने रहर जागेर आँऊछ
दु:ख मेरै देशबाट बोकेर आएको
घ्रीणाले शरीरभरी छोपेको छु
के लाजको कुरा,
रातभर र दिनभर फ्याक्ट्रीका मेसिन ऊचाल्दा
खेतको ग्रहा ग्रहामा कोदाली ऊचाल्दा
हिँऊदको चिसो ठिही-
जो कर्याकुरुङ्ले पनि बोकी नसक्ने साईवेरीयाली मैदानबाट बगेर आँऊछ
मेरै देशमा बाटो नदेख्नेगरी हण्डर खाएको म
यो झरिको पानीमा
कुहिरोको रापमा
आधुनिकताको ऊभारमा
बल्ल बल्ल जिएको छु जहानको माया र केटाकेटिको प्यारमा
यो बाध्यता हो
जसरी पनि मलाई हिँड्नु छ आजको साँझ
यसैगरी नदिकिनरमा हिँडिरहेका मानिसहरु जसरी
यिनिहरु प्यारले हिँडेका छन हातमा हात समाउँदै
म हिंडीरहेको छु
जिन्दगीलाई एकफेर
बाँचेर हेर्ने तिर्खामा
आसौज २०६७ द कोरिया
- गजल (रामचन्द्र कार्की)
- मायालुले खुशीले तेर्स्याए मलाई हातै सिरानी
- धोका
- मेरा सबै सम्झनाहरु (कविता)
- आजको नेपालमा भोग्नुपरेका कुरा(कविता)
- सबै मिली अघी बढे दुरी छिट्टै हल हुन्छकी
- मोही मकै खानेछु र स्कुल पढाउनेछु
- प्रेममा नै सबै समस्याको समाधान छ !
- झरीमा उभिएर सम्झना गर्दा
- काली मन पर् यो किन ?
- गजल: हाम्रो लिग लिग कोट
- शहिदको सम्झनामा
- सबै भन्दा खुकुलो त हाम्रो देशमा झेलको भाउ
- मेरो प्यारो गोरखा
- गजल : रामचन्द्र कार्की
- राष्ट्रिय गान
- जस्तो प्रश्न त्यस्तै उत्तर
- मेरो प्यारो गाउँ
- धोके बाज तिमी
- तेस्रो जनआन्दोलनको सुनामी आयो