सौलको झरिमा नेपाली केटो (कविता)

२०६८ पुस १२ गते, मंगलवार ११:५५:०७ बजे

Narayan Shresthaकुहिरोका रापले घरहरुका छानामाथि गुँड जँमाउदा
हान नदी किनारमा तरिरहने पानीहाँसामाथि
बाक्लो वर्षे झरीले चुट्दा
आधुनिकता र गतीको सिमानतालाई यती नजिकबाट हेर्ने रहर जागेर आँऊछ
कि मेरो जिन्दगी
फलाम काटेर आधा दिन काट्दा पनि मलाई
फेरी एकपटक बाँचेर हेर्ने रहर जागेर आँऊछ

दु:ख मेरै देशबाट बोकेर आएको
घ्रीणाले शरीरभरी छोपेको छु
के लाजको कुरा,
रातभर र दिनभर फ्याक्ट्रीका मेसिन ऊचाल्दा
खेतको ग्रहा ग्रहामा कोदाली ऊचाल्दा
हिँऊदको चिसो ठिही-
जो कर्याकुरुङ्ले पनि बोकी नसक्ने साईवेरीयाली मैदानबाट बगेर आँऊछ
मेरै देशमा बाटो नदेख्नेगरी हण्डर खाएको म
यो झरिको पानीमा
कुहिरोको रापमा
आधुनिकताको ऊभारमा
बल्ल बल्ल जिएको छु जहानको माया र केटाकेटिको प्यारमा

यो बाध्यता हो
जसरी पनि मलाई हिँड्नु छ आजको साँझ
यसैगरी नदिकिनरमा हिँडिरहेका मानिसहरु जसरी
यिनिहरु प्यारले हिँडेका छन हातमा हात समाउँदै
म हिंडीरहेको छु
जिन्दगीलाई एकफेर
बाँचेर हेर्ने तिर्खामा

 

आसौज २०६७ द कोरिया

यसमा तपाईको प्रतिक्रिया