सबै मिली अघी बढे दुरी छिट्टै हल हुन्छकी

२०६८ पुस १२ गते, मंगलवार ११:५४:५८ बजे

Bisnu Timilsina , Borlang, Gorkha, Nepalनेपालीलाई संबिधान आकाशको फल हुन्छकी
नेतालाई देश बाँदरको हातमा नरिवल हुन्छकी ।।


लुछाचुँडी तानातान छ एउटै कुर्सी धेरै तिर
संबिधान नलेखरै जनता माथि छल हुन्छकी ।।

आफ्नो कानुन आफैँ लेख्न्न गोली थाप्ने नेपालीले
यही सोच्थे जेष्ठ चौध खुशी बाँड्ने पल हुन्छकी ।।

शहीदको रगतलाई कुल्ची हिंड्न पल्केकाको
फेरी पनि युद्ध तिरै देश लैजाने बल हुन्छकी ।।


राजनितीको फोहोरमा पुरिएर देश सँगै
गणतन्त्र बाग्मतीको गन्हाउने जल हुन्छकी।।

म्याद थप्दैमा संबिधान बन्छ भन्ने के ग्यारेन्टी
सहमतिमा भाँजो हाल्ने फेरी अर्को दल हुन्छकी ।।

एकलाई तल धकेलेर अर्को माथि चड्नु भन्दा
सबै मिली अघी बढे दुरी छिट्टै हल हुन्छकी ।।

बिष्णुहरी तिमल्सिना
घाटबेसी, बोर्लाङ ०७ गोरखा 

प्रतिक्रियाहरू

ziwon : Gorkha

bisnu ji gagal ta sarai ramro 6 . yestai gari lekdai janu hai mero suvakamana 6 tapailai.


यसमा तपाईको प्रतिक्रिया